PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

पूर्व खेलाडी एवं प्रशिक्षक कृष्ण थापाद्धारा एन्फाको अध्यक्षमा उम्मेदवारी घोषणा, यस्तो छ एजेन्डा



नरहरि पौड्याल

पूर्व खेलाडी एवं प्रशिक्षक कृष्ण थापाद्धारा एन्फाको अध्यक्षमा उम्मेदवारी घोषणा, यस्तो छ एजेन्डा

पोखरा : पोखराका कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन। बुधबार पोखरामा आयोजित पत्रकारहरु सम्मेलनमा आफ्नो उम्मेदवारी घोषणा गर्दै पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक थापाले फुटबल खेलको विकास र विस्तार गर्दै फुटबल खेलमा देखिएको विकृति हटाउन आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए।

उनी एन्फाका पुर्व प्राविधिक निर्देशक, राष्ट्रिय टिमका पुर्व प्रमुख प्रशिक्षक र अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्।  

थापाले आफू फुटबलको तल्लो स्तरबाट उच्च पदसम्म विभिन्न जिम्मेवारि वहन गर्दै अघि बढेर अनुभब बटुलेको बताए। ‘मैले विभिन्न सानो ठूलो जिम्मेवारी सम्हालेर अनुभब बटुलेको छु, भर्खरै सरकारी सेवाबाट निवृत्त पनि भएँ। अब  नेतृत्व सम्हालेर फुटबलको विकासको लागि उल्लेखनिय काम गर्छु’ उनले भने। ‘पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरु र केहि क्लवहरुको समेत मलाई साथ छ।’ आफ्नो पक्षमा राकेश श्रेष्ठ, हरी खड्का, बालगोपाल महर्जन लगायतको साथ रहेको बताए।

उनले ७ प्रदेशमा फुटबल एकेडेमी आवश्यक भएको पनि बताए।

फुटबलमा धेरै लामो समयदेखि सुधार हुन नसकेको उल्लेख गर्दै उनले एन्फाका पुर्व अध्यक्ष गणेश थापाले पर्दा पछाडीबाट नकरात्मक ढंगले फुटबल खेलको स्तर खस्काएको दाबी गरे। ‘नेपाली फुटबलको विकास हुन नसक्नु, म्याच फिक्सिङ, बढी उमेरका खेलाडीहरु समावेश गर्ने र खेलकुदको विकासको लागि पुर्वाधार तथा प्रशिक्षणमा ध्यान नदिनु मुख्य कारण हुन्’ उनले भने। 

एन्फामा धेरै दुरुपयोग भएको उल्लेख गर्दै थापाले एन्फाका उपाध्यक्ष मणि कुंवरले एन्फाले दिएको ८० लाखको गाडी चढ्ने गरेको आरोप लगाए। जिल्लाहरुमा निर्वाचन हुँदै गरेकोले आफूहरु अब जिल्ला प्रचारमा हिड्ने तर निर्वाचनको लागि भने अधिकतम १० लाखसम्म हिँडडुलमा मात्र खर्च गर्ने उनले बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चैत १४ गते हुने १६औं केन्द्रिय महाधिवेशनको लागि ७७ जना मतदाता हुने छन्। निर्वाचन जित्नको लागि उमेदवारले कम्तिमा ३९ मत आफ्नो पक्षमा पार्नु पर्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell