PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

लेकसाइडबाट ८६ हजार नगदसहित सात जुवाडे पक्राउ



नरहरि पौड्याल

लेकसाइडबाट ८६ हजार नगदसहित सात जुवाडे पक्राउ

पोखराः जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखराबाट ७ जना जुवाडे पक्राउ गरेको छ। पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाइडस्थित होटल लेक डायमण्डबाट ७ जनालाई नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूका साथबाट चार बुक तास तथा ८५ हजार ६७५ रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ पर्नेमा इलाम पशुपतिनगर ४ घर भई लेकसाइड बस्ने ४८ वर्षीय होटल सञ्चालक मनकुमार मुखिया, मोरङ पथरी शनिश्चरे ४ का वीरेन्द्र अधिकारी, पोखरा लेखनाथ ६ बैदामका देव श्रेष्ठ, मकवानपुर मनहरी ३ का चन्द्र लामा, पोखरा लेखनाथ २६ का वीरेन्द्र दाहाल, मकवानपुर हेटाँैडा ९ का लक्ष्मण लामा र सुनसरी धरान १५ का अमित तामाङ रहेका छन्। 

प्रहरीले उनीहरूलाई जुवा मुद्धामा कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell