PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

एएफसी यू-१९ क्वालिफायर : नेपाल र आयोजक कीर्गिस्तान भिड्दै



पहिलोपोस्ट

एएफसी यू-१९ क्वालिफायर : नेपाल र आयोजक कीर्गिस्तान भिड्दै

काठमाडौं : एएफसी यू-१९ च्याम्पियनसिप क्वालिफायर अन्तर्गत समूह ए को पहिलो खेलमा आज नेपालले आयोजक कीर्गिस्तानसंग खेल्दैछ।

कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे शुरु हुनेछ।

आयोजक कीर्गिस्तानले सेतो जर्सी लगाउने भने नेपालले रातो जर्सी लगाएर खेल्नेछ।

गत महिना भुटानमा साफ यू-१८ च्याम्पियनसिप जितेको टोलीका १९ खेलाडी रहेको नेपाली यू-१९ टोली उच्च मनोबलका साथ कीर्गिस्तान पुगेको छ।

यसअघि यू-१९ छनोटमा नेपाल र कीर्गिस्तान ३ पटक भिडेका थिए। जसमा कीर्गिस्तानले दुई जित हात पारेको थियो भने नेपालले एक खेल जितेको थियो। २००५ मा एएफसी युथ च्याम्पियनसिप क्वालिफिकेसन अन्तर्गत भएको दुई लेगको दुवै खेलमा नेपाल पराजित भएको थियो। तर २००९ मा काठमाडौंमा भएको छनोटमा नेपालले कीर्गिस्तानलाई २-१ ले पराजित गरेको थियो।

सन् २०१८ मा इन्डोनेसियामा हुने फाइनल राउण्डको यू-१९ च्याम्पियनसिपको लागि छनोटको रुपमा रहेको यस प्रतियोगिता समूह ए मा नेपाल र कीर्गिस्तानसंगै बहराइन, युएई र ओमान छन्।

समूहको शीर्ष स्थानमा रहने टीम फाइनल राउण्डका लागि छनोट हुनेछ। कूल दश समूहका विजेता, आयोजक इन्डोनेसिया र १० समूहमध्ये दोस्रो स्थानमा रहने उत्कृष्ट ५ टोली पनि फाइनल राउण्डका लागि छानिनेछन्। यदी इन्डोनेसिया समूह चरणको विजेता बने दोस्रो स्थानमा रहने छैटौँ उत्कृष्ट टोलीले पिन फाइनल राउण्ड खेल्ने अवसर पाउनेछ।

 

चार पटक फाइनल राउण्ड, १ मात्र जित

सन् १९५९ मा एएफसी युथ च्याम्पियनसिपबाट शुरु भएको यु-१९ प्रतियोगितामा नेपालले चार पटक फाइनल राउण्डमा प्रतिस्पर्धा गरेको छ। तर कूल १२ खेल खेल्दा नेपालले एक खेल मात्र जितेको छ। १९७१,१९९२ र १९७४ मा नेपालले समान ३ खेल हारेको थियो।

२००४ मा मलेसियामा भएको यू-१९ च्याम्पियनसिपमा नेपालले भियतनामलाई हराउनु नै अहिलेसम्मको एक मात्र जित हो। बाँकी दुई खेलमा भने नेपाल पराजित भएको थियो।

भियतनाम विरुद्ध नेपाललाई जिताउन प्रदिप महर्जनले पेनाल्टीमार्फत एक मात्र निर्णायक गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell