PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बंगलादेशमा रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, चार जनाको मृत्यु



पहिलोपोस्ट

बंगलादेशमा रोहिङ्गा शरणार्थी चढेको डुङ्गा दुर्घटना, चार जनाको मृत्यु
फोटो श्रोतः ndtv.com

बङ्गलादेश :  बङ्गलादेशमा रोहिङ्गा शरणार्थी चढेको डुंगा पल्टिंदा मङ्गलबार कम्तीमा चार जनाको मृत्यु भएको छ। 

खराब मौसमका कारण शाम्लापुर गाँउनजिकै डुङ्गा दुर्घटनामा परेको प्रहरी अधिकारीहरुले जनाएका छन्। 

शाम्लापुर गाउँ म्यानमारमा भएको हिंसाका कारण भागेर आएका हजारौ रोहिङ्गा शरणार्थीहरु बसोबास गर्दै आइरहेको गाउँ हो। 

गत अगष्टदेखि म्यानमारबाट लाखौं  रोहिङ्गा डुङ्गा चढेर बङ्गलादेशमा शरणार्थी हुन आइपुगेका छन्। 

एक जना स्थानीय प्रहरी प्रमुख अबुल खैरले भने,‘सानो डुङ्गामा ३३ जना चढेका थिए, खराव मौसम र समुद्रको उच्च तरङ्गका कारण दुर्घटना भएको हो।’

उनले दुर्घटना भएलगत्तै उद्धार गर्न जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र अरु ६ जनालाई उद्धार गरेर नजिकैको अस्पतालमा गम्भीर अवस्थामा लगिएकोमा थप तीन जनाको मृत्यु भएको बताए। 

म्यानमारको राखिन राज्यबाट भाग्नेहरुको सङ्ख्या गत अगष्ट २५ देखि अहिलेसम्म ६ लाख पुगेको छ। उनीहरु मध्ये अधिकांश स्थलमार्ग हुदै छिमेकीदेखि बङ्गलादेश आएका छन् भने उनीहरु बसेका शिविरहरुमा हिंसाका कारण विरामी र घाइतेहरु धेरै रहेका छन्। 

संयुक्त राष्ट्रसंघले म्यानमारको राखिन राज्यमा हिंसा सुरुभए यता गत अगष्टदेखि अहिलेसम्म ६ लाख पाँच हजार रोहिङ्गा शरणार्थीहरु बङ्गलादेश आईपुगेका बताएको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell