फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र जर्मन क्लब वायर्न म्युनिख युरोपियन च्याम्पियनस लिगको नकआउट चरणमा प्रवेश गरेका छन्।
गएरातिको खेलमा जित हात पार्दै दुई खेल अगावै पिएसजी र वायर्न समूह बी बाट अन्तिम १६ मा प्रवेश गरेका हुन्।
लेविन कुर्जुवाको ह्याट्रिक मद्दतमा पिएसजीले एन्डरलेक्टलाई ५-० ले हरायो। पिएसजीले शतप्रतिशत जित हात पार्दै ४ खेलबाट १२ अंक जोडेको छ। पिएसजीका लागि मार्को भेराट्टी र नेमारले १-१ गोल गरे।
यता वायर्नले सेल्टिकलाई २-१ ले हरायो। वायर्नका लागि किंग्सले कोमन र ज्याभिएर मार्टिनेजले गोल गरे। ४ खेलबाट ९ अंक जोडेको वायर्न पनि पिएसजीसँग अन्तिम १६ मा प्रवेश गरेको हो।