![सुकी पहिलो पटक प्रभावित राखिन राज्यको भ्रमणमा](https://pahilopost.com/assets/upload/contentthumb/suki4.jpg)
म्यानमार : म्यानरमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छन्।
सुकीको भ्रमण पूर्व निर्धारित तालिका विनै भएको हो। विना कुनै सूचना बिहीबार बिहान उनी राखिन पुगेकी अधिकारीहरुले जानकारी दिएका छन्।
म्यानमारको उत्तरी राखिन राज्यमा गत अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो। हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो।
उक्त समुदायमाथि म्यानकारको सैनिकले आक्रमण गर्दा उनीहरु भाग्नुपरेको थियो। उक्त समुदायले नै सशस्त्र समूह खडागरी यहाँका स्थानीय प्रहरी चौकीहरुमा आक्रमण गरेपछि सेनाले गरेको कारबाहीपछि उनीहरु भागेका सेनाको दाबी छ।
म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गरिरहेका रोहिङ्गा समुदायका मुस्लिमआबद्ध सशस्त्र समूहले सोही क्षेत्रका प्रहरी चौकीमा गत अगष्ट २५ मा हमला गरेपछि त्यहाँको सेनाले उक्त समुदायमाथि नै आक्रमण थालेको थियो।
सोही कारण उनीहरु देश छोडेर भाग्न बाध्य भएका थिए। कारबाहीपछि उनीहरु छिमेकी देश बङ्गलादेश भागेका हुन्। साथै म्यानमारमै पनि हजारौँ रोहिङ्गा आन्तरिक शरणार्थीका रुपमा बसिरहेका छन्।
यसरी देश छोडेर भागी बंगलादेश पुग्नेहरुको संख्या छ लाख भन्दा पनि बढी पुगेको बताइएको छ। म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने नाफ नदी किनारमा उनीहरु बसिरहेका छन्।
म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको पनि बताइएको छ ।
नोवेल शान्ति पुरस्कार प्राप्त गरेकी सुकी नै देशको शासन सत्तामा रहेका बेला यसरी नागरिकलाई सेनाले नै लखेटेर देश छोड्नुपर्ने बाध्यता भएको भन्दै उनको विश्वव्यापी रुपमा नै विरोध भएको थियो। रासस/एएफपी