PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

बाबुराम भट्टराईको घरमा 'नारायणकाजीको कालो झन्डा'



पहिलोपोस्ट

बाबुराम भट्टराईको घरमा 'नारायणकाजीको कालो झन्डा'
आफ्नै चुनावी प्रचारमा हिँडेको बाबुराम भट्टराईको सवारी

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको जन्मघरमा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठका कार्यकर्ताले कालो झन्डा गाडेका छन्।

भट्टराईका सहयोगी रमेश भट्टराईका अनुसार गए राति भट्टराईको गोर्खा खोप्लाङस्थित घरमा मोटरसाइकलमा गएका माओवादी कार्यकर्ताले कालो झन्डा गाडेका हुन्। तीन वटा मोटरसाइकलमा पुगेका श्रेष्ठका कार्यकर्ताले कालो झन्डा गाडेर फर्केका हुन्।

कम्युनिस्ट गठबन्धनबाट अलग भएका डाक्टर बाबुराम भट्टराई गोर्खा क्षेत्र नम्बर २ बाट आँखा चिन्ह लिएर प्रतिनिधिसभामा लड्दैछन्। गठबन्धनमा भित्र्याए पनि भट्टराईलाई चुनावी टिकेट दिन नचाहेपछि नेकपा एमाले र माओवादी केन्द्रसँगको साझेदारी उनले त्यागेका थिए। 
गोर्खा २ बाटै माओवादी केन्द्रका नेता श्रेष्ठ उम्मेदवार छन्। एमालेको साथ लिएर चुनावी मैदानमा उत्रिएका श्रेष्ठ यसअघिको निर्वाचनमा भने मकवानपुरबाट भिडेका थिए। 

यसअघि भट्टराई र श्रेष्ठ दुवैले स्वस्थ प्रतिस्पर्धासहित चुनावी मैदानमा उत्रिने बताउँदै आएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell