PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

माधव नेपालको दाबी : निर्वाचनपछि कांग्रेसको हालत प्रजापरिषद्को जस्तै



पहिलोपोस्ट

माधव नेपालको दाबी : निर्वाचनपछि कांग्रेसको हालत प्रजापरिषद्को जस्तै

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचपछि नेपाली कांग्रेसको हालत प्रजापरिषद्जस्तै हुने दाबी गरेका छन्। 

रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता नेपालले नेपाली कांग्रेस पतनको बाटोमा हिंडेको आरोप लगाए।

उनले भने,‘कांग्रेस आफ्नै अहंकार, कार्यशैली, नेतृत्वको अक्षमता, अदुरदर्शीता र पूर्वाग्रही कारणले नेपालको राजनीतिमा आफैं पतनको बाटोमा गयो, अब कांग्रेसको पतनलाई कसैले रोक्न सक्दैन, जनता पनि कांग्रेसको पतन नै चाहन्छन्।’

उनले आफूहरुको गठबन्धनले दुई तिहाई ल्याउने कुरा गर्दा कांग्रेसलाई हार्टअट्याक हुने बताए।

नेपालले लामो इतिहास बोकेका, स्थिर र परिवर्तनको पक्षधर पार्टीलाई जनताले अबको चुनावमा जिताउने बताए। उनले तीन प्रतिशतको थ्रेस होल्डका कारण दलहरुवीच ध्रुवीकरण बढ्दै गएको स्पष्ट पारे।

एमालेको एक्लै बहुमत आउँछ कि आउँदैन ? भनेर सोधिएको प्रश्नमा नेपालले भने,‘आउँछ, तर हाम्रो गठबन्धनको बहुमत आएपनि कहाँ पोखियो दुध आफ्नै भागमा, जसको पक्षमा आएपनि बहुमत आउँछ, ढुक्क हुनुहोस्।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell