PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : पाकिस्तान इन्टरनेसनल सिरिज– २०१७ मा सहभागी हुन ७ खेलाडीसहित ११ सदस्यीय नेपाली ब्याडमिन्टन टोली आइतबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गरेको छ।

नोभेम्बर ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ४ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

पुरुषमा रत्नजित तामाङ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कट्वाल छन् भने महिलामा नङशल तामाङ, सुनैना मुखियाँ र शोभा गौचनले प्रतिस्पर्धा गर्नेछन्।

गत वर्ष भएको प्रतियोगितामा भाइ रत्न र दिदी नङशलको जोडीले मिक्स डबल्समा स्वर्ण जितेका थिए। नङशलले महिला सिंगल्समा पनि कांस्य जितेकी थिइन्।

प्रशिक्षकमा जयन्त श्रेष्ठ र टिम व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्य सुनील श्रेष्ठ छन्। ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र महासचिव वीरेन्द्र श्रेष्ठ पनि टोलीसंगै पाकिस्तान गएका छन्।

टोलीलाई ब्याडमिन्टन संघका उपाध्यक्ष एवं पूर्व ब्याडमिन्टन प्रमुख प्रशिक्षक उदयकुमार श्रेष्ठ, सचिव नवीनविक्रम शाहलगायतले आइतबारै बिदाइ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell