PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

गोर्खामा पेस्तोलसहित समातिएकी माओवादी उम्मेदवारलाई बयानपछि छाडियो



पहिलोपोस्ट

गोर्खामा पेस्तोलसहित समातिएकी माओवादी उम्मेदवारलाई बयानपछि छाडियो
प्रतीकात्मक तस्बिर : Amazon.com

गोरखा : चुनावी प्रचारको प्रतिस्पर्धा तीब्र हुँदा गोरखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार हतियारसहित फेला परेका छन्। प्रहरीले हतियारसहित समातेको माओवादी समानुपातिकतर्फकी उम्मेदवार सुशीला सिंखडालाई सोधपुछपछि छाडेको छ।

'एक जना महिलाले आफू मोटरसाइकलमा लिफ्टमात्र लिएको तर हतियारबारे थाहा नभएको बताउनुभयो,' जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए। सिंखडाको नाम प्रतिनिधिसभातर्फ समानुपातिकामा रहेको भए पनि प्रहरीले महिलालाई सोधपुछमात्र गरेको जनाएको छ।

मोटरसाइकलमा रहेका माओवादी कार्यकर्ता भने फरार छन्। बा ७३ प ३३८६ नम्बरको मोटरसाइकलमा आएका दुईलाई प्रहरीले चेकजाँच गरेको थियो। 'महिला पछाडि बसेकी थिइन्। मोटरसाइकल चालक फरार छन्,' एसपी अधिकारीले भने, 'चेक गर्दा एक प्रहरी र दुई म्यादी प्रहरीमात्र थिए। त्यसैले समात्न सकेनन्।'

प्रहरीले ९ एमएमको पेस्तोल र तीन राउन्ड गोली फेला परेको छ। फरार रहेका माओवादी कार्यकर्ता गुणप्रसाद खनाल रहेको प्रहरी स्रोतले जानकारी दियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell