PahiloPost

Jul 3, 2024 | २० असार २०८१

माओवादी नेतासँग पेस्तोल भेटिनु अनिष्टको संकेत : बाबुराम भट्टराई



पहिलोपोस्ट

माओवादी नेतासँग पेस्तोल भेटिनु अनिष्टको संकेत : बाबुराम भट्टराई

काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गोरखामा प्रहरीले खानतलासी गर्दा माओवादी नेताका साथबाट पेस्तोल फेला पर्नुलाई अनिष्टको संकेत भनेका छन्।

चुनावी अभियानमा रहेका भट्टराईले ट्विट गर्दै लेखेका छन् – आज गोरखाको धावामा माकेका जिम्मेवार नेता कार्यकर्ता हातहतियार सहित पक्राउ पर्नु गम्भीर अननिष्टको संकेत! सबै बेलैमा गम्भीर बनौं!
 

आज प्रहरीले चेकजाँच गर्दा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार सुशीला सिंखडालाई पेस्तोल सहित समातेको थियो। उनले आफू लिफ्टमात्र लिएको बताउँदै उम्केकी छिन् भने मोटरसाइकल चालक फरार भएका छन्।

सम्वन्धित समाचार :
गोर्खामा पेस्तोलसहित समातिएकी माओवादी उम्मेदवारलाई बयानपछि छाडियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell