PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि शिवरामलाई



पहिलोपोस्ट

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि शिवरामलाई
फोटो : गल्फ नेपाल

काठमाडौं : शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।

पार-७२ गोकर्ण क्लबमा बिहिबार सम्पन्न सूर्य नेपाल गल्फ टूर २०१७-१८ को दोस्रो प्रतियोगितामा शिवराम कूल २२ अन्डर २६६ स्कोर गर्दै च्याम्पियन बनेका हुन्।

उनले सूर्य प्रसाद शर्मा र सन्जय लामालाई २० सटले पछि पारे। सूर्य र सन्जयले २ अन्डर २८६ स्को गरे।

२ अन्डर २९० स्कोर गरेका रामे मगर चौथो बने भने दीपक मगर ३ अन्डर २९४ का साथ पाँचौ भए।

यस्तै एम्याचोरतर्फ फुन्सोक एन लामा च्याम्पियन बने। उनले २५ ओभर ३१३ स्कोर गरे।

३२ प्रो र १० एम्याचोर गरी कूल ४२ गल्फरले प्रतिस्पर्धा गरेको प्रतियोगितामा कूल ६ लाख ३० हजार नगद पुरस्कार वितरण गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell