PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

टीयूको विकल्पमा तयार भयो मुलपानी क्रिकेट मैदान, फोटोमा हेर्नुस् खेलाडीको प्रशिक्षण

टीयूको विकल्पमा तयार भयो मुलपानी क्रिकेट मैदान, फोटोमा हेर्नुस् खेलाडीको प्रशिक्षण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : एक दशक भन्दा बढि समयपछि नेपाली क्रिकेट खेलाडी र क्रिकेट समर्थकले प्रतिक्षा गरेको मूलपानी क्रिकेट मैदान अब खेल्नका लागि तयार भएको छ।

नेपाली क्रिकेट टोलीले बिहिबार मुलपानी क्रिकेट मैदान पूगेर प्रशिक्षण गरेको छ। वर्ल्ड क्केट लिग च्याम्पियनसिपअन्तर्गत युएई विरुद्धको खेलका लागि प्रशिक्षण क्याम्पमा रहेको नेपाली टोली मूलपानी पूगेको हो। जहाँ उनीहरुले प्रशिक्षण समेत गरे।

एक दशक भन्दा अगाडी देखि नै निर्माण शुरु भएपनि निकै लामो समयपछि मात्र मैदान तयार भएको हो। विस २०६१ सालमै घोषणा भएको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २०६३ सालमै पाकिस्तानी क्यूरेटरले पिच तयार पारेको थियो।

त्यसपछि निरन्तर काम नहुनु र पछिल्लो समय आएर क्यान निलम्वनले मुलपानी मैदान निर्माण काम अल्झिएको थियो। तर बितेको एकमा खेलाडीहरुकै सक्रिएतामा काम शुरु भएपछि राखेपले पनि सहयोग गर्‍यो र अहिले मैदान खेल्न मिल्ने अवस्थामा पूगेको छ।

मैदानमा यसअघि नै भिआइपी कक्ष, पेविलियन र चेञ्जिङ रुमसहितको भवन तयारी अवस्थामा रहेको छ ।

मुलपानीलाई अन्तर्राष्ट्रिय क्रिकेट गर्न टीयूको विकल्पको रुपमा प्रयोग गर्न सकिनेछ।

नेपाल क्रिकेट संघ क्यानका कार्यसञ्चालन अधिकृत छुम्बी लामाले बिहिबार नेपाली खेलाडीले प्रशिक्षण गरेको फोटो सेयर गरेका छन्। उनले फेसबुकमा पोस्ट गरेका फोटोहरु।



ट्रेन्डिङ पोस्ट

Ncell