PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

माओवादी नेता पुनलाई लक्षित गरी गोली प्रहार, प्रहरीद्वारा जवाफी फायर



पहिलोपोस्ट

माओवादी नेता पुनलाई लक्षित गरी गोली प्रहार, प्रहरीद्वारा जवाफी फायर

काठमाडौंः नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि चुनावी अभियानका क्रममा आइतबार अज्ञात समूहले गोली प्रहार गरेको छ।

चुनावी प्रचारप्रारका लागि जाँदै गर्दा रोल्पाको दुर्इखोला भन्ने ठाउँमा भिरमाथिबाट ढुंगा झारेको र फायरिङ् भएको आवाज आएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर फुयाँलले जानकारी दिए। 

भिर माथिबाट ढुङगा झारेपछि सो समूहलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायरसमेत गरेको डिसपी फुयाँलले बताए। शनिवार मात्र पुन चढेको गाडीलार्इ लक्षित गरी माइन बिस्फोट गराएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell