PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एमबिबिएस चिट चोरी प्रकरण : पुन: परीक्षा अझै अन्यौलमा



पहिलोपोस्ट

एमबिबिएस चिट चोरी प्रकरण : पुन: परीक्षा अझै अन्यौलमा

काठमाडौं : गत असोज २८ गते त्रिवि चिकित्सा शास्त्र अध्यन संस्थान (आइओएम) ले लिएको परिक्षामा चिट चोरीपछि उत्पन्न भएको विवादको विषयमा आवश्यक निर्णय गर्न त्रिवि कार्यकारी परिषदले आइओएमलाई पत्र पठाएको बताएको छ। त्रिवि कार्यकारी परिषद्ले एमबिबिएस प्रवेश परीक्षामा प्रश्न पत्र बाहिरिएको ठहर गर्दै आइओएमलाई पत्र पठाउने निर्णय गरेको हो।

आइओएमका डिन जगदिश प्रसाद अग्रवालले यस विषयमा त्रिविबाट कुनै पनि पत्र आइनसकेको बताएका छन्। उनले भने, ‘यस विषयमा कुनै पनि लिखित तथा मौखिक जानकारी आएको छैन्।’

त्रिवि कार्यकारी परिषदले प्रवेश परीक्षामा डिभाइस मार्फत चिट चोरिएको, प्रश्नपत्र बाहिरिएको पुष्टि भएका कारण परीक्षाका विषयमा निर्णय गर्न आइओएमकै परीक्षा बोर्डलाई लेखि पठाएको बताएको छ।

परिषदले प्रवेश परिक्षा पुन हुन सक्ने संकेत गरेपनि त्यसको निर्णय आइओएमलाई छोडिदिएको छ। सोही कारण प्रवेश परिक्षा पुन: हुने नहुने अन्यौल छ। आइओएमका डिन अग्रवालले यसबारे केही जानकारी नआएको बताएका छन्।

आईओएमले एमबिबिएसको प्रवेश परीक्षा गत असोज २८ गते लिएको थियो। परीक्षामा करिब ९ हजार विद्यार्थी सहभागी भएका थिए।

सोही दिन प्रहरीले चार विद्यार्थीलाई चिट चोर्ने डिभाइससहित पक्राउ गरेको थियो। अर्काको परीक्षा दिइरहेका अन्य चार जनासमेत पक्राउ परेका थिए।

विद्यार्थीहरुले आइओएमका डिन अग्रवालको राजिनामासमेत माग गरेका थिए। आइओएमले लिएको एमबिबिएस प्रवेश परीक्षामा चिटिङ भएको प्रमाणित भइसक्दा पनि पुनः परीक्षाका लागि निर्णय नलिएको भन्दै विद्यार्थीहरुले पटक पटक विरोध जनाउँदै आएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell