PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

गाउँपालिकामा राष्ट्रिय पोसाकलार्इ औपचारिक मान्यता



पहिलोपोस्ट

गाउँपालिकामा राष्ट्रिय पोसाकलार्इ औपचारिक मान्यता

काठमाडौं :  ललितपुरको महाँकाल गाउँपालिका कार्यालयको औपचारिक पोसाकमा राष्ट्रिय पोसाकलार्इ मान्याता दिएको छ।

सरकारले २०६८ सालदेखि खारेज गरे पनि ललितपुरको यस गाउँपालिकाले राष्ट्रिय पहिचान संरक्षणार्थ यस्तो अभियान सञ्चालन गरेको गाउँपालिकाका प्रमुख रामचन्द्र दहालले बताएका छन्।

यस अभियानलाई विगत छ वर्षदेखि राष्ट्रिय पोसाक दिवस सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष राजानान्द माडण्यले हरेक राष्ट्रको पहिचान बोक्ने राष्ट्रिय पोसाक अावश्यक रहेकाे बताए।

संस्थाले नेपाल सरकारसँग राष्ट्रिय पोसाकको माग गर्दै अभियानहरु सञ्चालन गरिरहेको छ।

कार्यक्रम संयोजक विवश घिमिरेले राष्ट्रिय पोसाक देशको पहिचान र इतिहास भएकाले यसलाई जोगाएर राख्नु हरेक नेपालीको कर्तव्य रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell