PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

महेश बस्नेतले भने–कांग्रेस काँक्रो चोर हो, दमननाथको पैसा कब्जा गर्छौं



पहिलोपोस्ट

महेश बस्नेतले भने–कांग्रेस काँक्रो चोर हो, दमननाथको पैसा कब्जा गर्छौं

  • नेत्र तामाङ
भक्तपुर :  वाम गठबन्धनकातर्फबाट भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार रहेका एमाले नेता महेश बस्नेतले कांग्रेसलाई काँक्रो चोरको आरोप लगाएका छन्।

पूर्वमन्त्रीसमेत रहेका बस्नेतले वाम गठबन्धन निर्वाचन परिचालन कमिटिले भक्तपुरको शुभश्री वैंक्वेटमा आयोजना गरेको संयुक्त नगर वाम गठबन्धन भेलालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।

बस्नेतले आफ्नो प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुंगानातिर लक्षित गर्दै आफू विदेशी रकम ल्याउने, अनि आफू बच्न अरुलाई निर्वाचनमा एमाले धेरै पैसा खर्च गरेको आरोप लगाएको जिकिर गरे।

बस्नेतले भने, ‘गणेश चौथीको दिन काँक्रो चोरेर खाने चलन छ, घरवालाले थाहा पाए समाउँछ, बाठो चोरले चाहिँ घरवालाले थाहा पाउँछन् भनेर बियाँ अर्कैलाई टाँसिदिन्छ। हो कांग्रेसले त्यसरी नै काँक्रो आफू खाएर बियाँ एमालेतिर टाँसेर दोष लाउन खोज्दैछ।’

निर्वाचनमा ढुंगानाले विदेशी पैसा भित्र्याएको आरोप लगाउँदै बस्नेतले उक्त रकम भक्तपुरका जनताले कब्जा गर्ने दावी गरे। उनले भने, ‘अहिले दमननाथजी नेपाली रकम हैन, विदेशी रकम लिएर आउनुभएको छ । हामी तथ्यविना कुरा गर्दैनौं। भक्तपुरका मतदाता सचेत छन्, भक्तपुरका मतदाताले त्यो पैसा कब्जामा लिनेछन्।’

कार्यक्रममा उनले आफू ढुंगानाभन्दा पाँचहजार मतान्तरले विजयी हुने दावी गरे। बस्नेतले भने, ‘हामीलाई नयाँ शक्तिले समर्थन गरेको छ, राष्ट्रिय दलित पार्टीले समर्थन गरेको छ, थप साथीहरु वाम गठबन्धनमा आउँदै हुनुहुन्छ। पछिल्लो अंकगणित हेर्दा हामी ५ हजार भोट बढी ल्याएर जित्दैछौ।’

कार्यक्रममा उक्त क्षेत्रका वाम गठबन्धनका प्रदेश सभाका उम्मेदवार राजेन्द्रमान श्रेष्ठ, माओवादी केन्द्रका स्थानीय प्रतिनिधिले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन हरतरहले लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell