PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

संविधान संशोधनका लागि मेरो उम्मेदवारी : दमननाथ ढुंगाना



पहिलोपोस्ट

संविधान संशोधनका लागि मेरो उम्मेदवारी : दमननाथ ढुंगाना

भक्तपुर : नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार दमननाथ ढुंगानाले आफ्नो उम्मेदवारी संविधान संशोधनका लागि भएको बताएका छन्।

शुक्रबार निर्वाचन परिचालन तथा व्यवस्थापन समिति भक्तपुरद्वारा सिद्धपोखरी पार्टी प्यालेसमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘यहाँ जितेका रामेश्वर ढुंगेल मन्त्री भएनन्, हारेका चाँहि मन्त्री भए, यो संविधानमा भएको केही कमजोरीकै कारण भएको हो।’

पूर्व सभामुखसमेत रहेका ढुंगानाले उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका महेश बस्नेततर्फलक्षित गर्दै पराजित मन्त्री बन्ने तर जितेका मन्त्री बन्न नपाउँदा संविधानमा केही 'एरर' देखिएको बताए।

‘संविधानप्रति मधेस, जनजाति, दलितसमूदायका केही असन्तुष्टि छन्, त्यसलाई केही संशोधन गर्नैपर्छ,’ उनले भने।

उनले विपक्षीप्रति लक्षित गर्दै निर्वाचन खर्चिलो बन्दै गएको र संसद नै धनी र शोषकहरुको समूह बन्न सक्ने खतरा बढेको धारणा व्यक्त गरे। भने, ‘संसदमा उठ्नेहरुले थुप्रै पैसा खर्च गरिरहेका छन्, यति खर्चिलो भएका छन् कि भोलि धनी र शोषकहरुको संसद बन्ने खतरा बढेको छ।’

कार्यक्रममा भक्तपुर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बाबुराजा जोशी, प्रदेश सभाका उम्मेदवारलगायतले मतदातालाई कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए।

यो पनि हेर्नुस्-
महेश बस्नेतले भने–कांग्रेस काँक्रो चोर हो, दमननाथको पैसा कब्जा गर्छौं



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell