PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

फिफा वरीयतामा नेपाल ६ स्थान माथि



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल ६ स्थान माथि

काठमाडौं : फिफा वरीयतामा नेपाल ६ स्थान माथि उक्लिएको छ। फिफाले नोभेम्बर महिनाको लागि सार्वजनिक गरेको वरीयतामा नेपाल ६ स्थान सुधार गर्दै १७०औँ स्थानमा उक्लेको हो।

एएफसी एसियन कप क्वालिफायर अन्तर्गत फिलिपिन्स विरुद्ध घरेलु मैदानमा गोलरहित बराबरी खेलेको नेपाली राष्ट्रिय टोलीको कूल अंक ९८ भएको छ। अघिल्लो महिना नेपालको ९४ अंक थियो।

दक्षिण एसियामा अगाडी रहेको भारत १०५औँ स्थानमा यथावत छ। यस्तै माल्दिभ्स एक स्थान तल झरेर १५७औँ स्थानमा पुगेको छ। दक्षिण एसियामा नेपाल भन्दा तल ४ राष्ट्र छन्।

भुटान ५ स्थान सुधार गर्दै १८५औँ स्थानमा उक्लेको छ भने ४ स्थान सुधार गरेको बंगलादेश १९२औँ स्थानमा उक्लेको छ। २ स्थान गुमाएको श्रीलंका २ सयौँ स्थानमा झरेको छ।

फिफाले निलम्वनमा राखेको पाकिस्तानको कुनै वरीयता छैन।

यता विश्व वरीयतामा जर्मनी शीर्ष स्थानमा यथावत छ भने ब्राजिल दोस्रो, पोर्चुगल तेस्रो तथा अर्जेन्टिना चौथो स्थानमा कायम छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell