काठमाडौं : बाजुरामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। बाजुराको बुडीदन्दा नगरपालिका–८ स्थित ट्रिसकेट ऐकेडेमी मतदान केन्द्र नजिकै दुई पार्टीका कार्यकर्ताबीच खुकुरी हानाहान र ढुंगामुढा भएको हो।
झडपमा दुई जना घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको मुख्य निर्वाचन अधिकृत सुभद्रा शर्मा गौतमले जानकारी दिइन्।