PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

इटालियन सिरी ए : नेपोली, इन्टर र युभेन्ट्स विजयी, रोमा बराबरीमा रोकियो



पहिलोपोस्ट

इटालियन सिरी ए : नेपोली, इन्टर र युभेन्ट्स विजयी, रोमा बराबरीमा रोकियो

इटालियन सिरी ए अन्तर्गत गएराती भएको खेलमा शीर्ष तीनमा रहेका नेपोली, इन्टर मिलान र युभेन्ट्स विजयी हुँदा रोमाले भने बराबरी खेलेको छ। जितपछि नेपोली र इन्टरले अपराजिया यात्रा कायमै राखेका छन्।

लिग लिडर नेपोलीले जर्जिन्होको निर्णायक गोल मद्दतमा उडिनेसीलाई १-० ले हरायो। ३३औँ मिनेटमा आफैँले प्रहार गरेको पेनाल्टी उडिनेसीको गोलकिपरले रोकेपछि रिबाउण्ड बलमा जर्जिन्होले गोल गरेका हुन्।

यता कप्तान माउरो इकार्डीको दुई गोल मद्दतमा इन्टरले कागलियारीलाई ३-१ ले हरायो। इन्टरका लागि मार्सलो ब्रोजोभिकले अर्को गोल गरे। कागिलयारीका लागि लियोनार्दो पाभोलेट्टीले एक गोल फर्काए।

यसैगरी साविक विजेता युभेन्ट्सले क्रोटोनलाई ३-० ले हरायो। 'ओल्ड लेडी' का लागि मारियो मान्डुकिच, माटियो डे सिग्लियो र मेहदी बेनटियाले १-१ गोल गरे।

दश खेलाडीमा झरेर खेलको अन्त्य गरेको रोमाले जेनोअसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो। स्टेफन अल सारावेको गोल मार्फत रोमाले पहिले अग्रता लिएको थियो। तर ड्यानिए डे रोसीले ६९औँ मिनेटमा विपक्षी खेलाडीलाई डि एरियामा फल गरेपछि रेफ्रीले सिधै रातो कारण देखाए। त्यसैमा प्राप्त पेनाल्टीमा जिएनलुका लापाडुलाले जेनोअका लागि बराबरी गोल गरे।

यस्तै लाजियो र पियोरेन्टिनाले पनि १-१ को बराबरी खेल्दै अंक बाँडे।

जितपछि समान १४ खेल खेलेका नेपोली (३८), इन्टर (३६) र युभेन्ट्स (३४) क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थानमा छन्। समान १३ खेल खेलेका रोमा (३१) र लाजियो (२९) क्रमश: चौथो र पाँचौ स्थानमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell