PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

नेपाल र नाइजेरियाका उच्च अधिकारीबीच कृर्षि परियोजनामा सम्झौता



पहिलोपोस्ट

नेपाल र नाइजेरियाका उच्च अधिकारीबीच कृर्षि परियोजनामा सम्झौता

काठमाडौं : अधिकांश मानिसहरु कृर्षिमा आधारित भएर पनि समृद्ध हुन नसकिरहेका दुर्इ राष्ट्रबीच महत्वपुर्ण सम्झौता भएको छ। नाइजेरियाको ओसुन राज्यको कृर्षि मन्त्रालय र नेपाल खाद्य बैंक लिमिटेडले २२ नोभेम्बर, २०१७ मा महत्वपुर्ण सम्झौता भएको जानकारी गराएका छन्।

खाद्य सुरक्षा तथा कृर्षिबाट जीवन स्तर उकास्न दुर्इ राष्ट्रका संस्थाबीच काम गर्ने कुरा उक्त सम्झौतामा उल्लेख गरिएको छ। नाइजेरिकाको खाद्य सुरक्षा तथा कृर्षि मन्त्रालयमा भएको सम्झौतमा नेपाल खाद्य बैंकका अध्यक्ष रामराजा श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

उक्त सम्झौतामा ओसुन राष्ट्रका कमिस्नर एडेकुन्ले इगे, कृर्षि तथा खाद्य सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा.आइस्याक, मन्त्रालयका निर्देशक तेजुदेन अयान्तोए लयागत उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।

नुवाकोटमा मुख्य कार्यालय रहेको नेपाल खाद्य बैंक लिमिटेड नेपालको खाद्य सुरक्षा र कृर्षिमा विगत केही वर्षदेखि काम गरिरहेको संस्था हो। अध्यक्ष श्रेष्ठको एक टोली उक्त सम्झौता गर्ने गरी नाइजेरिया सरकारसँग मिलेर काम गर्न एक महिना अघि नाइजेरिया गएका थिए।

यस अघि नाइजेरिया तथा ओसुन सरकारका मन्त्री तथा उच्च अधिकारीसँग भएको छलफल र सम्झौताअनुसार एक हजार बढी युवाहरुलार्इ तत्काल रोजगारी दिने गरी काम शुरु भएको श्रेष्ठले बताए।

ओसुन राज्यमा शुरु गर्ने कृर्षि परियोजनाले ५ हजार युवाहरुलार्इ प्रोत्साहन गर्दै विभिन्न स्तरको कार्यक्रममा सहभागी गराउने बताएको छ। ओसुन राज्यका कृर्षि तथा खाद्य सुरक्षा मन्त्रालयका संयोजन निर्देशक डा. आइस्याकले सम्झौता पश्चात बोल्दै नेपाल र नाइजेरियाको सहकार्यले कृर्षि तथा खाद्य सुरक्षामा महत्वपुर्ण उपलब्धी गराउन सकिने बताए।

सम्झौतामा हस्ताक्षर गर्दै नेपाल खाद्य बैंकका अध्यक्ष श्रेष्ठले हजारौँ युवाहरुलाइ रोजगारी दिँदै आधुनिक प्रविधिको प्रयोगमा देश र समाज समृद्ध बनाउन काम गर्ने बताए। नाइजेरिया र नेपालबीच विभिन्न महत्वपुर्ण सहकार्य गरी कृर्षि, प्रविधि र अर्थतन्त्रमा सुधार गर्न सकिने बताए। नेपाली उद्यमी र युवाहरुलार्इ यो सहकार्यमा सहभागिता र सहयोगको लागि उनले अपिल गरेका छन्।

अफ्रिकी राष्ट्र नाइजेरियामा प्रशस्त सम्भावनाको क्षेत्र हुँदाहुँदै काम नभएको अवस्थामा नेपाल खाद्य बैंकले उक्त राष्ट्रमा शाखा विस्तार गर्दै दुर्इ देश र युवाहरुको हितमा कृर्षि र प्रविधिको माध्यमबाट सकरात्मक काम गर्न सकिने श्रेष्ठको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell