PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१३ वर्षमुनिकाले पनि फेसबुक चलाउने पाउने?



पहिलोपोस्ट

१३ वर्षमुनिकाले पनि फेसबुक चलाउने पाउने?

१३ वर्षमुनिका बालबालिकाले फेसबुक एकाउन्ट खोल्न नपाउने नियम फेसबुकले बनाएको थियो। यद्यपि धेरै बालबालिकाले उमेर ढाँटेर एकाउन्ट खोल्न थालेपछि फेसबुकले १३ वर्षमुनिका बालबालिकाले पनि फेसबुक चलाउन पाउने सुविधा ल्याउँदैछ।

फेसबुकले बालबालिकाका लागि म्यसेजिङ एप ल्याउन लागेको हो। यसमा एकाउन्ट भएका बालबालिकाका बाआमाले अनुमति दिएका साथीहरुसँग मात्र कुराकानी गर्न सक्नेछन्। 

यसमा बालबालिकाले आफूले चाहेको साथीहरु एड गर्न सक्नेछैन। उनीहरुले मेसेज पनि डिलेट गर्न सक्नेछैनन्। उनीहरुको बाआमाले मात्र साथीहरु एड गर्ने र मेसेज डिलेट गर्न सक्नेछन्। यो बाआमाकै एकाउन्टबाट खोलिने अतिरिक्त एकाउन्ट भएको फेसबुकले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell