PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

पारस खड्का भन्छन्, डिभिजन टू रोएल रम्बल जस्तै हो



पहिलोपोस्ट

पारस खड्का भन्छन्, डिभिजन टू रोएल रम्बल जस्तै हो

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल)को शीर्ष चारमा पर्न असफल भएपछि नेपाल डिभिजन टू मा घटुवा भएको छ। नेपालले आगामी फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टू मा अन्य पाँच टिमसँग खेल्नेछ। शीर्ष दुई स्थानमा रहने टिम वान डे वर्ल्ड कप क्वालिफायरका लागि छानिनेछ।

डिभिजन टू मा घटुवा भइसकेको नेपाली क्रिकेट टिम डब्लुसिएल अन्तर्गत युएई विरुद्वको अन्तिम दुई खेल खेल्न अहिले युएईमा छ। युएई पनि डिभिजन टू मा झरिसकेका कारण दुवै टिमका लागि यो खेल प्रतिष्ठाको विषय समेत हुनेछ।

नेपालका कप्तान पारस खड्काले युएई विरुद्वको खेललाई डिभिजन टू तयारीका रुपमा हेरेका बताएछन्। उनले युएईसँग खेल्नुअघि इएसपिएस क्रिकइन्फोसँग कुरा गर्दै त्यसका लागि युवा खेलाडीहरुलाई बढी प्राथमिकता दिएको पनि बताए। ‘हामीले यस पटक १६ खेलाडी लिएर आएका छौँ र वार्म अफ म्याचमा योङ टिम खेलायौँ। हामी अहिले डिभिजन टू को लागि फोकस गरिरहेका छौँ।’ पारसले भने। ‘हामी फेब्रुअरीमा नामिवियामा खेल्नुअघि ति खेलाडीहरुलाई सकेसम्म बढी अवसर दिनेछौँ।

उनले डिभिजन टू लाई डब्लुडब्लुई सँग तुलना गर्दै रोएल रम्बल जस्तो मानेका छन्। ‘कम फेब्रुअरी.., यो डब्लुडब्लुई को रोएल रम्बल जस्तै हुनेछ। ६ टिम दुई स्थानका लागि भिड्नेछन्। यो ब्याटल जस्तै हो र हामी त्यसका लागि तयार छौँ।’

पारसले युएईसँग खेल्नुअघि अमेरिका र केन्यासँगको वार्म अफ म्याच खेल्न पाउनु राम्रो अवसर रहेको प्रतिक्रिया समेत दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell