PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

५४ रन बनाएर आउट भए ज्ञानेन्द्र मल्ल



पहिलोपोस्ट

५४ रन बनाएर आउट भए ज्ञानेन्द्र मल्ल

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसीपअन्तर्गत युएई विरुद्वको खेलमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल अर्धशतक बनाएर आउट भएका छन्।

८४ बल खेलेर ६ चौकाको मद्दतमा ५४ रन बनाएका मल्ल युएईका कप्तान रोहन मुस्ताफाको बलमा एलबिडब्लु धरापमा परेका हुन्।

ज्ञानेन्द्र आउट भएपछि नेपालको २ विकेट पतन भएको छ। यसै खेलमार्फत लिस्ट ए मा डेब्यु गरेका विकेटकिपर दीलिप नाथ १६ रन बनाएर आउट भए। उनले ज्ञानेन्द्रसँगै ओपनिङ गरेका थिए।

अहिले क्रिजमा कप्तान पारस खड्का र शरद भेषावकर खेलिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell