PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

४५ मध्ये ३४ जिल्लाको मतपेटिका संकलन सम्पन्न, ११ जिल्लामा अव कहाँ कहाँ संकलन बाँकी?



पहिलोपोस्ट

४५ मध्ये ३४ जिल्लाको मतपेटिका संकलन सम्पन्न, ११ जिल्लामा अव कहाँ कहाँ संकलन बाँकी?

काठमाडौंः दोस्रो चरणमा बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपेटिका संकलन जारी छ। निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रमा बिहान १० बजेसम्म प्राप्त विवरण अनुसार पहाडी जिल्लामा आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका संकलन बाँकी नै छ।

आयोगका अनुसार तेह्रथुममा ५७ मध्ये २०, सिन्धुलीमा १३७ मध्ये १८, काभ्रेपलाञ्चोकमा १८९ मध्ये ३, नवलपरासी पूर्वमा ११२ मध्ये १३ मतदानस्थलको मतपेटिका संकलन गर्न बाँकी नै छ।

यस्तै, प्युठानमा १५१ मध्ये ३, सल्यानमा १११ मध्ये ३३, दैलेखमा १३६ मध्ये २२, सुर्खेतमा १३८ मध्ये ८, डोटीमा ११५ मध्ये २२ मतदानस्थलको मतपेटिका संकलन भइरहेको छ। यस्तै, कैलाली २३१ मध्ये १४, डडेल्धुराका ७७ मध्ये २१ मतदानस्थलका मतपेटिका संकलनका क्रममा छन्। अन्य मतपेटिकाहरु सदरमुकाम ल्याइसकिएको आयोगले जनाएको छ।

दोस्रो चरणमा मतदान सम्पन्न भएका ४५ जिल्लामध्ये मतपेटिका संकलन भई उपत्यकामा ललितपुरका दुईवटा निर्वाचन क्षेत्रको मतगणना कार्य सुरु भइसकेको छ। यस्तै काठमाडौँमा पनि मतगणना सुरु भइसकेको छ। ललितपुर १ मा मतगणना सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ। भक्तपुरमा पनि मतगणनाका सुरु गर्ने तयारी भइरहेको छ।

मतपेटिका संकलन अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell