PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

पर्सामा प्रतिनिधिसभामा को अगाडी को पछाडी?



राधेश्याम पटेल

पर्सामा प्रतिनिधिसभामा को अगाडी को पछाडी?

वीरगंज: प्रतिनिधिसभा र प्रदेशसभातर्फ हालै भइरहेको मतगणनाको पर्सामा ढिलै भएपनि नतिजा घोषणा हुन थालेको छ। शुत्रवार साँझ ३ बजेपछि शुरु मतगणनाको दोस्रो दिन शनिवार दिउँसो ३ बजेसम्म २४ घण्टाको मत परिणाम अनुसार पर्सामा मुख्य रुपले काँग्रेस र मधेसी गठबन्धन बीच कडा प्रतिस्पर्धा भइरहेको छ।

पर्साको उत्तरी भेगबाट मतगणना शुरु भएको हो। २४ घण्टाको प्रारम्भिक नतिजा अनुसार पर्साको दुई क्षेत्रमा काँग्रेसले अग्रता लिएको छ भने दुई क्षेत्रमा फोरम–राजपा गठबन्धनले अग्र स्थानमा छ। शुक्रबारदेखि पर्साको १,३,४ क्षेत्रमा मधेसी गठबन्धनले अग्रता बनाउँदै आएको थियो। २ मा काँग्रेसले अग्रता लिंदै आएको थियो। तर अपरान्ह २ बजेपछि २ र ३ काँग्रेसका उम्मेदवारले प्रतिनिधिसभा तर्फ अग्रता लिएपछि कडा प्रतिस्पर्धा चलिरहेको देखिन्छ।

पर्साको ४ वटै निर्वाचन क्षेत्र मध्ये १ मा फोरम नेपालमा प्रदीप यादवले १५ सय ३ मतले काँग्रेसका अनिल रुंगटा भन्दा अगाडी देखिएका छन्। अनिलको ६२२३ मत रहेको छ भने तेस्रो स्थानमा एमालेका विचारी यादवले २२१६ मत ल्याई दुबैलाई पच्छयाई रहेका छन्।

पर्साको क्षेत्र नं २ मा काँग्रेसले अग्रता बनाएको छ। काँग्रेसका अजयकुमार चौरसियाले ११५५ मतले फोरम नेपालका विमल श्रीवास्तव भन्दा अगाडी देखिएका छन्। अजयले ४५७८ मत ल्याएका छन् भने विमलले ३४२३ मत ल्याएका छन्। तेस्रो नम्बरमा माओवादीका महम्द सलिम मन्सुर २५२१ मत ल्याएका छन्।

क्षेत्र नं ३ मा नेपाली काँग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २३ सय ६ मतले अग्र स्थानमा छने भने फोरम नेपालमा हरिनारायण रौनियार २२९२ मतले दोस्रो स्थानमा छन्।११ मतले चौधरी रौनयारभन्दा अगाडी देखिएका छन्। त्यसैगरी तीनमा तेस्रो नम्बरमा एमालेका राजकुमार गुप्ता २०३० मत ल्याई प्रतिस्पर्धामा छन्।

क्षेत्र नं ४ मा राजपाका लक्ष्मणलाल कर्णले २२ सय ७० मतले उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रमेश रिजाल भन्दा अग्रता लिइरहेका छन्।कर्णको ५२ सय ५६ मत छ भने रिजालको २९८६ मत रहेको छ। माओवादीकी महिला नेतृ उर्मिला अर्याल ९२७ ल्याई तेस्रो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell