काठमाडौं : नेपाल, भारत र बंगलादेश सम्मिलित पहिलो अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेट प्रतियोगिता यही बिहीबार शुरु हुँदैछ।
ह्वीलचेयर क्रिकेट एसोसियसन नेपालको आयोजनामा पहिलो पटक ह्वीलचेयर ट्राई सिरिज टी-२० च्याम्पियनसिप हुन लागको मंगलबार आयोजकले जानकारी दिएको हो।
कीर्तिपुर्स्थति टीयू क्रिकेट मैदानमा तीन दिन सम्म चल्ने सिरिजमा तीन वटै राष्ट्रका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्ने ह्वीलचेयर क्रिकेट एसोसियसन नेपालका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले बताए।
तीन वटै टिमले एक आपसमा लिग खेल खेल्ने र शीर्ष दुघ टिमाबीच फाइनल हुनेछ। पहिलो दिन नेपाल र बंगलादेशबीच खेल हुनेछ। शुक्रबार भारत र बंगलादेश तथा नेपाल र भारतबीद्व खेल हुनेछ। शनिबार फाइनल खेल हुनेछ।
नेपालमा ह्वीचेयर क्रिकेट खेल्ने तीन वटा टिम रहेको र त्यसैबाट १४ सदस्यी राष्ट्रिय टोलीं छनोट गरिएको शेर्पाले बताए। 'नेपालमा अहिले जोरपाटी क्लब, त्रिभुवन आर्मी क्लब र जावालाखेल गरी तीन वटा टीम छन्। हामीले त्यसैबाट राष्ट्रिय टिम छनोट गरेका छौँ।' प्रतियोगिताका लागि काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गरेको उनले जानकारी दिए।
नेपाली टिमको कप्तानी त्रिभुवन आर्मी क्लबबाट खेल्ने हिमाल अर्यालले गर्नेछन। यसअघि भारतमा गएर ह्वीलचेयर बास्केटबल र ह्वीलचेयर क्रिकेट खेलसकेको बताउँदै अर्यालले पहिलो पटक घरेलु मैदानमै अन्तर्राष्ट्रिय स्तरको ह्वीलचेयर प्रतियोगिता खेल्ने अवसर पाउँदा निकै उत्साहित भएको बताए।
'नेपालमा ऐतिहासिक ह्वीद्यचेयर क्रिकेट प्रतियोगिता हुन लागेको छौँ। यसबाट हामी सबैजना उत्साहित छौँ, अपांग भएकाहरुले पनि खेल्न सक्छन् र देशको झण्डा फह्राउन सक्छन् भन्ने देखाउन चाहन्छौँ।'
सिरिज सञ्चालनका लागि लाग्ने साढे दश लाख खर्च स्पोनसरहरुबाटै उठाइने अध्यक्ष शेर्पाले जनाए।
प्रतियोगिता इन्टरनेशनल ह्वीलचेयर क्रिकेट काउन्सिल, सुशील कोइराला मेमोरियल फाउण्डेसन, राखेप, नेपाल पारा ओलम्पिक कमिटी लगायत विभिन्न संस्थाहरुले सहयोग गरेका छन्।
नेपाली टिम
हिमाल अर्याल (कप्तान)
डिगमसिंह चेम्जोङ (उप कप्तान)
भरत कार्की
राजु कटुवाल
डम्बर थापा
दानबहादुर थिङ
खनि नारायण पौडेल
विष्णु अधिकारी
जंगबहादुर रुचाल मगर
विपिन पौडेल
यमबहादुर श्रेष्ठ
नवीन राई
रामबहादुर तामाङ
राजु गुरुङ
प्रशिक्षक : सुधीर चौधरी