PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रदेश नं ५ मा वाम गठबन्धनलाई दुई तिहाई, प्रतिनिधि सभामा २६ मा २० जित



चन्द्रकान्त खनाल

प्रदेश नं ५ मा वाम गठबन्धनलाई दुई तिहाई, प्रतिनिधि सभामा २६ मा २० जित

बुटवल : प्रदेश नम्बर ५ मा वाम गठबन्धन दुई तिहाई भन्दा बढीले अगाडि छ। प्रदेश नम्बर ५ मा रहेका प्रतिनिधि सभाका कुल २६ सिटमध्ये २० सिट वाम गठबन्धनले आफ्नो पोल्टामा पारेको छ। 

पाँच सिट नेपाली कांग्रेसले र एक सिट संघीय समाजवादी फोरमले जितेको छ । त्यस्तै, ५२ प्रदेशसभाको सिट रहेको प्रदेश ५ मा ४० सिट वाम गठबन्धनले जितेको छ भने ७ मा कांग्रेसले र तीन वटा फोरमले जितेको छ।

रूपन्देहीमा वामको अग्रता 

पाँच प्रतिनिधिसभा तथा १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा वाम गठबन्धनले अग्रस्थानमा जित निकालेको छ। प्रतिनिधिसभा सदस्यमा तीन जना वाम गठबन्धनका र दुई स्थानमा कांग्रेसले जितेको छ।

प्रदेशसभामा ६ सिट वाम गठबन्धनले जित निकालेको छ भने ३ वटामा लोकतान्त्रिक गठबन्धन र एउटा फोरमले जितेको छ। प्रतिनिधिसभा सदस्यमा क्षेत्र नम्बर एकमा वाम गठबन्धनका छविलाल विश्वकर्मा ३४ हजार ७ सय ५२ मतका साथ विजयी भएका छन्। सोही क्षेत्रको प्रदेश सभा १ मा वाम गठबन्धनका कृष्णप्रसाद न्यौपाने विजयी भएका छन्। 

प्रदेश सभा २ मा वाम गठबन्धनका दधिराम न्यौपाने निर्वाचित भएका छन्।क्षेत्र नम्बर २ मा वाम गठबन्धनका विष्णु पौडेल विजयी भएका छन् । सोही निर्वाचन क्षेत्रको प्रदेश सभा १ मा वाम गठबन्धनका लिला गिरी र प्रदेश सभा २ मा वाम गठबन्धनका भोजप्रसाद श्रेष्ठ विजयी भएका छन्।

क्षेत्र नम्बर ३ मा पनि वाम गठबन्धनका घनश्याम भुसाल विजयी भएका छन्।सोही क्षेत्रको प्रदेशसभा १ मा फोरमका सन्तोष पाण्डेय विजयी भएका छन्। यस्तै प्रदेश सभा २ मा वाम गठबन्धनका तुल्सीप्रसाद चौधरी विजयी बनेका छन्। 

क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव विजयी बनेका छन्।सोही क्षेत्रको प्रदेशसभा १ मा नेपाली कांग्रेसका अष्टभुजा पाठक विजयी भएका छन् । क्षेत्र नम्बर ५ मा पनि नेपाली कांग्रेसका भरतकुमार शाह विजयी भएका छन्।

सोही क्षेत्रको प्रदेश सभा १ मा एमालेका भूमिश्वर ढकाल विजयी बनेका छन् भने २ मा नेपाली कांग्रेसका फकरुद्दिन खान विजयी बनेका छन् । 

पाल्पामा वाम गठबन्धन

प्रतिनिधिसभा सदस्यका दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा सबै क्षेत्र वाम गठबन्धनले जितेको छ। क्षेत्र नम्बर एकमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दलबहादुर राना विजयी भएका छन्।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा वाम गठबन्धका युवराज खनाल र २ मा वाम गठबन्धनकै नारायणप्रसाद अर्याल विजयी भएका छन्।
क्षेत्र नम्बर दुईमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सोमप्रसाद पाण्डे विजयी भएका छन्।

यस क्षेत्रको प्रदेश सभा १ मा वाम गठबन्धनका पुरनमान बज्राचार्य र २ बाट तुलाराम घर्तीमगर विजयी भएका छन्।

गुल्मीका २ क्षेत्रमा एमाले सचिव विजयी 

दुई प्रतिनिधिसभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको गुल्मीमा पनि वाम गठबन्धनले जित निकालेको छ। क्षेत्र नम्बर एकमा एमाले सचिव प्रदीपकुमार ज्ञवाली विजयी बनेका छन् । यस क्षेत्रको प्रदेशसभा १ मा वाम गठबन्धनका सुदर्शन बराल र दुईमा कमलराज श्रेष्ठ विजयी भएका छन्।

क्षेत्र नम्बर दुईमा एमालेका अर्का सचिव गोकर्ण विष्ट विजयी भएका छन्। यसक्षेत्रको प्रदेशसभा १ मा वाम गठबन्धनका खड्गबहादुर खत्री २ मा दिनेश पन्थी विजयी भएका छन्।

प्यूठानमा पनि वामकै जित

प्यूठानमा वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भएकी छन्। प्रदेशसभा १ मा वाम गठबन्धनका हरिप्रसाद रिजाल र २ मा कृष्णध्वज खड्का विजयी भएका छन्। 

रुकुम पूर्वमा वामको जित

प्रतिनिधिसभा सदस्यको एक क्षेत्र र प्रदेशसभाको दुई क्षेत्र रहेको रुकुम पूर्वमा वाम गठबन्धनले जितेको छ। प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी कमला रोका विजयी भएकी छन्। प्रदेशसभा १ मा वाम गठवन्धनका तेजबहादुर वली र २ मा पूर्णबहादुर घर्तीमगर विजयी भएका छन्।

नवलपरासी पश्चिममा समान नतिजा

प्रतिनिधिसभा सदस्यको दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपरासी पश्चिममा समान नतिजा आएको छ । प्रतिनिधिभामा कांग्रेस र वाम गठबन्धनले एक एक क्षेत्र जितेका छन्।क्षेत्र नम्बर एकमा वाम गठबन्धनका हृदयेश त्रिपाठी विजयी भएका छन्। यसक्षेत्रको प्रदेश १ मा  वाम गठबन्धनका दीपेन्द्रकुमार अधिकारी र २ मा अजय शाही विजयी भएका छन्।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल विजयी भएका छन् । यस क्षेत्रको प्रदेश १ मा वाम गठबन्धनका बैजनाथ चौधरी थारु र २ मा नेपाली कांग्रेसका वैजनाथ कलवार विजयी भएका छन्।

दाङमा पनि वाम

दाङका प्रतिनिधिसभातर्फ तीन क्षेत्रमा वाम गठबन्धनले जित हासिल गरेको छ । क्षेत्र नं. १ मा एमालेका मेटमणी चौधरी विजयी भएका छन्।
यस क्षेत्रको प्रदेशसभा १ मा माओवादी केन्द्रका इन्द्रजित थारु २ मा नेकपा एमालेका रेवतीरमण शर्मा निर्वाचित भएका छन्।

त्यस्तै क्षेत्र नं २ मा कृष्णबहादुर महरा विजयी भएका छन्। यस क्षेत्रको प्रदेशसभा १ मा एमालेका शंकर पोख्रेल र दुईमा एमालेकै अम्मरबहादुर डाँगी विजयी भएका छन् । 

क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका हिराचन्द्र केसी विजयी भएका छन्। यस क्षेत्रको प्रदेशसभा १ मा डिल्लीबहादुर चौधरी २ मा नेकपा एमालेका उत्तरकुमार वली विजयी भएका छन्।

कपिलवस्तुमा वामकै अग्रता

प्रतिनिधिसभाको ३ क्षेत्र रहेको वाम गठबन्धनको अग्रता छ । क्षेत्र नम्बर १ मा वामका गठबन्धनकातर्फबाट माओवादी केन्द्रका चक्रपाणि खनाल विजयी भएका छन्। यसक्षेत्रको प्रदेशसभा १ मा वाम गठबन्धनका विष्णुप्रसाद पन्थी र २ मा फोरमका सहसराम यादव विजयी भएका छन्।

क्षेत्र नम्बर २ मा नेकपा एमालेका बृजेशकुमार गुप्ता विजयी भएका छन्। यसक्षेत्रको प्रदेशसभा १ मा वाम गठबन्धनका दृग नारायण पाण्डेय र २ मा वामकै धर्मबहादुर लाल श्रीवास्तव विजयी भएका छन्।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन्। यसक्षेत्रको प्रदेशसभा १ मा एमालेका अर्जुनकुमार केसी र २ मा नेपाली कांग्रेसका वीरेन्द्रकुमार कनौडिया विजयी भएका छन्।

रोल्पा पनि वाममय

प्रतिनिधिसभा सदस्यको एक निर्वाचन क्षेत्र रहेको रोल्पामा सबै क्षेत्र वाम गठबन्धनले जितेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका वर्षमान पुन विजयी भएका छन् भने प्रदेशसभा १ मा वाम गठबन्धनका कुलप्रसाद केसी र २ मा दीपेन्द्रकुमार पुन मगर विजयी भएका छन्।

बर्दियामा मिश्रित परिणाम

प्रतिनिधिसभाका दुई क्षेत्र रहेको बर्दियामा मिश्रित परिणाम आएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी भएका छन्। यसक्षेत्रको प्रदेशसभा १ मा वाम गठबन्धनका कविराम थारु र २ तिलकराम शर्मा विजयी भएका छन्।  

क्षेत्र नम्बर २ मा वाम गठबन्धनका सन्तकुमार थारु विजयी भएका छन्। यसक्षेत्रको प्रदेशसभा १ मा वाम गठबन्धनका कुलप्रसाद पोखरेल र २ मा दीपेश थारु विजयी भएका छन्।

बाँकेमा २ वाम, १ फोरम

प्रतिनिधिसभाका तीन क्षेत्र रहेको बाँकेमा २ स्थानमा वाम र एक स्थानमा फोरमले जितेको छ। क्षेत्र नम्बर १ मा वाम गठबन्धनका महेश्वरजंग गहतराज विजयी भएका छन्। यसक्षेत्रको प्रदेशसभा १ मा वाम गठबन्धनकी कृष्णा केसी र २ मा आरती पौडेल विजयी भएका छन्।

क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरमका मोहम्मद ईश्तियाक राई विजयी भएका छन्। यसक्षेत्रको प्रदेशसभा १ मा फोरमका विजयबहादुर यादव र २ मा कांग्रेसकासुरेन्द्रबहादुर हमाल विजयी भएका छन्।

क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका नन्दलाल रोका क्षेत्री विजयी भएका छन्। यसक्षेत्रको प्रदेशसभा १ मा एमालेका ईन्द्रप्रसाद खरेल र २ मा वाम गठबन्धनका बाबुराम गौतम विजयी भएका छन्।

अर्घाखाँचीमा कांग्रेस शून्य

अर्घाखाचीका तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका टोपबहादुर रायमाझी विजयी भएका छन्। प्रदेशसभा १ मा एमालेका चेतनारायण आचार्य र २ मा पनि एमालेकै रामजी घिमिरे विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell