PahiloPost

Jul 3, 2024 | २० असार २०८१

चितवनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक, एमाले पहिलो



पहिलोपोस्ट

चितवनको समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक, एमाले पहिलो

चितवन :  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चितवनमा समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। 
समानुपातिकमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ नेकपा एमाले पहिलो दल बनेको छ।

एमालेले प्रतिनिधिसभातर्फ ९१ हजार ५ सय ४ मत प्राप्त गरेको छ भने प्रदेशसभा तर्फ ८७ हजार ४ सय १३ मत प्राप्त गरेको छ। 

यस्तै दोस्रो दल बनेको नेपाली कांग्रेसले समानुपातिकमा प्रतिनिधिसभातर्फ ७९ हजार ५ सय ४४ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ७५ हजार ३ सय ६० मत प्राप्त गरेको छ । 

त्यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ३९ हजार ८ सय १३ मत प्राप्त गरेको छ भने प्रदेशसभातर्फ ४० हजार ६ सय ८७ मत प्राप्त गरेको छ।

विवेकशील साझा पार्टीले प्रतिनिधिसभातर्फ ९ हजार ५ सय २० र प्रदेशसभातर्फ ९ हजार २ सय ५२ मत प्राप्त गरेको छ। राप्रपा (प्रजातान्त्रिक) चितवनमा पाँचौ भएको छ। उसले प्रतिनिधिसभातर्फ ६ हजार ३ सय ६१ र प्रदेशसभातर्फ ६ हजार ९ सय मत प्राप्त गरेको छ।

प्रतिनिधिसभातर्फ समानुपातिकमा ३ दलले एक मत मात्र पाएका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell