काठमाडौँ : बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज बंगलादेश प्रस्थान गरेको छ।
आगामी पुस २ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारीलगायतले बिदाइ गरे।
पुस ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत र भुटान सहभागी छन्। पुस २ गते प्रतियोगिताको उद्घाटनका अवसरमा नेपालले आफनो पहिलो खेल बंगलादेशसंग सामना गर्ने भएको छ। त्यसैगरी दोस्रो खेल पुस ४ गते भारत र ६ गते भुटानसंग सामना गर्नेछ।रासस