काठमाडौं : नेपाली क्रिकेट इतिहासमा सबैभन्दा ठूलो स्फोर्टिङ इभेन्ट बनाउने लक्ष्य राखेको एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट भोलीबाट सुरु हुँदैछ।
प्रतियोगिताको एकदिन अघि आयोजक इपीएल प्रालीले इपीएलको ट्रफी अलभेइल गर्दै यसलाई भव्य रुपमा आयोजना गर्ने जनाएको छ।
कीर्तिपुरस्थित टीयू इन्टरनेशनल क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले उक्त ट्रफी जित्न प्रतिस्पर्धा गर्नेछन्।
१३ दिनसम्म चल्ने प्रतियोगितामा १९ खेल हुनेछन्। टिमको नाम नेपालका विभिन्न ६ शहरको नामा राखिएको छ। जसमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज र चितवन टाइगर्स छन्।
प्रतियोगिताको उद्घाटन खेलमा सोमबार काठमाडौं किंग्स एलेभेन र ललितपुर प्याट्रओट्सबीच खेल हुनेछ।
काठमाडौं श्रीलंकन खेलाडी फरविज महारुफको कप्तानीमा मैदान उत्रनेछ भने ललितपुरको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ले गर्नेछन्।
आयोजक इपीएल प्रालीमा आमिख अख्तरले गत वर्ष देखि सुरु गरेको इपीएलमा यस पटक विदेशी खेलाडी पनि सहभागि हुने हुँदा इन्टरनेशनल लेभलमा प्रतिस्पर्धा हुने प्रतिक्रिया दिए।
नेपालका लोकल लेभलका खेलाडीले विदेशी खेलाडीहरुसँग खेल्न पाउने र त्यसबाट धेरै सिक्न सकिने बताए। उनले अर्को वर्ष इपीएललाई अझ ठूलो बनाउने बताए।
दोस्रो संस्करणको इपीएलको विजेताले नगद २१ लाख पुरस्कार समेत हात पार्नेछन्। नेपाली क्रिकेट इतिहासमा अहिलेसम्म भएका मध्ये यो सर्वाधिक नगद पुरस्कार हुनेछ।