PahiloPost

Jun 25, 2024 | १२ असार २०८१

धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने मागसहित क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना



पहिलोपोस्ट

धनकुटा प्रादेशिक राजधानी हुनुपर्ने मागसहित क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

धनकुटा :  प्रदेश नम्बर एकको राजधानी धनकुटा तोकिनु पर्ने माग गर्दै धनकुटाबासीले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा धर्ना दिएका छन्। 

धनकुटाको मदनचोकबाट अघि बढेको जुलुश बजार परिक्रमापछि क्षेत्रीय प्रशासन कार्यालय धनकुटा पुगेको हो। सुरक्षा, भौतिक संरचनाका साथै भौगोलिक रुपले समेत धनकुटा प्रादेशिक राजधानीका उपयुक्त भएको दाबी गर्दै उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले यसमा सरकारलाई दवाव दिन कार्यालयमा धर्ना दिएको बताए। 

धनकुटालाई प्रदेश नं १ को केन्द्र बनाउन तीन दिनदेखि आन्दोलनको अगुवाइ गरिरहेका धनकुटा उद्योग वाणिज्य संघ र नागरिक समाजले यहाँ प्रादेशिक मन्त्रालयका लागि भौतिक संरचना र पर्याप्त सरकारी जमिन रहेकोतर्फ ध्यानाकर्षण गराउँदै आएको छ। यस अघि उनीहरुले प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र पनि बुझाएका छन्।  

जिल्लाबासीले बुझाएको ज्ञापनपत्रमा धनकुटा ऐतिहासिक ठाउँ भएकाले यसको विकास र समृद्धिका लागि राजधानी बनाउन आवश्यक रहेको उल्लेख छ।

धनकुटामा ३ सय ९१ वटा सरकारी भवन र सहरी विकासको नाममा करिव ३ सय रोपनी जग्गा रहेको छ। यस अतिरिक्त विद्युत् प्राधिकरण र धनकुटा नगरपालिकाका स्वामित्वमा पनि थुप्रै जग्गा रहेको छ।

ज्ञापनपत्र बुझ्दै निमित्त क्षेत्रीय प्रशासक शेवन्त दाहालले जिल्लाबासीको मागलाई प्रधानमन्त्री कार्यालय समक्ष पुर्याइदिने वचन दिएका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell