PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा समातिएका धरौटीमा छुटे



पहिलोपोस्ट

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा समातिएका धरौटीमा छुटे

भोजपुर: निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई तारेखमा रिहाइ गरिएको छ।

निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोयालगायत विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै उनीहरू तारेखमा छुटेका हुन्। पक्राउ परेका अन्य दुई जनाको विषयमा भने मुद्दा चलिरहेको प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए।

उनीहरूलाई रु एक/एक हजार धरौटी लिएर तारेखमा छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell