PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

इपीएल : विराटनगर वारियर्स प्लेअफमा पुग्ने पहिलो टिम



पहिलोपोस्ट

इपीएल : विराटनगर वारियर्स प्लेअफमा पुग्ने पहिलो टिम

काठमाडौं : विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) को प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ। शुक्रबार चितवन टाइगर्सलाई ७१ रनले हराउँदै लगातार तीन जित हात पारेको विराटनगरले २ खेल अगावै प्लेअफमा स्थान बनाएको हो।

६ खेलबाट ६ अंक जोडेको विराटनगर अंक तालिकामा शीर्ष स्थानमा छ। ३ खेलमा २ जित र १ हारको नतिजा निकालेको पोखरा राइनोज ४ अंकका साथ दोस्रो तथा २ खेलबाट ४ अंक जोडेको भैरहवा ग्लाडिएटर्स तेस्रो स्थानमा छ।

यस्तै ३ खेल खेल्दा १ मा मात्र जित हात पारेको ललितपुर तेस्रो स्थानमा रहदा १ खेलबाट १ जित हात पार्दै २ अंक जोडेको काठमाडौं किंग्स-११ पाँचौ स्थानमा छ।

खेलेका तीनवटै खेलमा पराजित भएको चितवन टाइगर्स अंकविहिन हुँदै पूछारमा छ।

विराटनगरले बाँकी दुई खेलमा हार बेहोरेपनि शीर्ष चार भित्र रहनेछ। ६ टिम सम्मिलित इपीएलको शीर्ष चार स्थानमा रहने टोली प्लेअफका लागि छनोट हुनेछन्।

विराटनगरले पहिलो खेलमा ललितपुर प्याट्रिओट्सलाई ६ रनले तथा दोस्रो खेलमा पोखरा राइनोजलाई ३ विकेटले पारजित गरेको थियो।

विराटनगरले अब चौथो खेलमा शनिबार अर्को अपराजित टोली भैरहवा वारियर्ससँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell