PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

इपीएल : चितवन टाइगर्सलाई ७१ रनले हराउँदै विराटनगर वारियर्स प्लेअफमा



पहिलोपोस्ट

इपीएल : चितवन टाइगर्सलाई ७१ रनले हराउँदै विराटनगर वारियर्स प्लेअफमा

काठमाडौं : चितवन टाइगर्सलाई ७३ रनले पराजित गर्दै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग इपीएलको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।

चितवनका प्रविन गुप्ताले प्रतियोगिताकै पहिलो ह्याट्रिक लिएको खेलमा चितवनले भने लगातार तेस्रो हार बेहोर्‍यो। तीन हारपछि चितवनको प्लेअफ सम्भावना भने कठिन बनेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हायतको विष्फोटक ब्याटिङको मद्दतमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो।

विराटनगरका लागि बाबर हायतले ४५ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८१ रन बनाएका थिए। यस्तै अंशुमन रथले ४१, आसिफ शेखले २१ तथा कप्तान पारस खड्काले १६ रन जोडे।  

चितवनका प्रविन गुप्ताले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएपछि एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी बने। यस्तै प्रमेश कुमारले २ विकेट लिए।

१७५ रनको उच्च स्कोर पछ्याउँदै ब्याटिङ गरेको चितवनले निरन्तर विकेट गुमाउँदा १८.२ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो।

चितवनका लागि भिम शार्कीले सर्वाधिक २४ रन बनाए भने सन्दिप सुनारले १६, कमलसिंह ऐरीले १३ तथा सावेज खानले १२ रन जोडे।

बलिङमा विराटनगरका बसन्त रेग्मीले ४ विकेट लिए।  रेग्मीले ३.२ ओभर बलिङ गरेर ११ रन मात्र खर्चे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell