PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

इपीएल : चितवनले ललितपुरलाई हराएपछि यस्तो छ अंक तालिका, प्लेअफ होड खुल्ला



पहिलोपोस्ट

इपीएल : चितवनले ललितपुरलाई हराएपछि यस्तो छ अंक तालिका, प्लेअफ होड खुल्ला

काठमाडौं : चितवन टाइगर्सले ललितपुर प्याट्रिओट्सलाई ५ विकेटले हराउँदै पहिलो जित हात पारेपछि इपीएलको प्लेअफमा पुग्ने होड खुल्ला भएको छ।

यसअघि लगातार तीन खेल हारेको चितवनको यो पहिलो जित हो। यता पहिलो खेलमा काठमाडौंलाई हराउँदै शानदार सुरुवात गरेको ललितपुरको भने यो लगातार तेस्रो हार हो। दुवै टोलीले अहिलेसमुम ४ खेल खेल्दा १ खेल मात्र जितेका छन्।

यस्तै काठमाडौंले पनि ४ खेल खेल्दा १ मा जित र ३ मा हारको नतिजा निकालेको छ। चारै टिमले ४ खेलबाट समान २ अंक जोडेका छन् र अब समान एक खेल खेल्न बाँकी छ।

यस्तो अवस्थामा चारै टिमको शीर्ष चारमा रहदै प्लेअफमा पुग्ने सम्भावना कायम छ।

यसअघि नै अपराजित रहँदै लगातार ४ खेल जितेको विराटनगर वारियर्स ८ अंक जोड्दै प्लेअफमा पुगिसकेको छ। ३ खेलबाट समान ४ अंक जोडेको पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स क्रमश: दोस्रो र तेस्रो स्थानमा छ।

अब बाँकी ५ टिमबाट ३ टिम प्लेअफमा पुग्नेछ। त्यसका लागि लिग चरणको बाँकी चार खेलको नतिजा कुर्नुपर्नेछ।

अब आइतबार कुनै खेल हुने छैन। सोमबार पहिलो खेलमा विराटनगर वारियर्सले काठमाडौं किंग्स-११ सँग खेल्नेछ। यस्तै दोस्रो खेल पोखरा र भैरहवाबीच हुनेछ। यस खेलको विजेता प्लेअफमा पुग्नेछ।

सबैभन्दा निर्णायक मानिएको भैरहवा र चितवन तथा ललितपुर र पोखराबीचको अन्तिम लिग खेल मंगलबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell