PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

एकै वर्ष मोदीले गरे तेस्रो मेट्रो रेलको उद्घाटन, स्वामीलाई साथ लिँदै केजरिवालाई वेवास्ता



पहिलोपोस्ट

एकै वर्ष मोदीले गरे तेस्रो मेट्रो रेलको उद्घाटन, स्वामीलाई साथ लिँदै केजरिवालाई वेवास्ता

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँ दिल्लीमा मेट्रो रेल उद्घाटन गरेका छन्

भारतीय पूर्व प्रधानमन्त्री अटलबिहारी वाजपेयीको ९३ ‌औं जन्मदिनको अवसरमा मोदीले भारतमा एकै वर्षमा तेस्रो मेट्रोको थलानी गरेका हुन्।  
मंजेटा मेट्रो नामक उक्त रेल सेवा नोयडाको बोटानिकल गार्डेनदेखि दिल्लीको कालकाजीसम्म पुग्नेछ। रेल यात्रा १९ मिनेटको रहने र ९ स्टेसन रहेको छ।

उद्घाटनपछि मोदीसहित उत्तर प्रदेशका मुख्यमन्त्री योगी  आदित्यनाथलगायत युपीका सरकार प्रमुख, मन्त्रीहरुले मेट्रोमा यात्रा गरेका थिए। कार्यक्रममा आफूलाई निम्तो नदिएको भन्दै नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आक्रोश पोखेका छन्।

मेट्रोको उद्घाटनपछि मोदीले २०१९ भित्र हरेक गाउँमा मोटर बाटो पुग्ने उद्घोष गरे। भने- ‘सुशासनका लागि केही गर्नैपर्छ। २०१९ भित्र हाम्रो देशको गाउँगाउँमा मोटरबाटो पुग्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell