काठमाडौं : पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग इपीएलको प्लेफमा प्रवेश गरेको छ।
पोखराले दिएको १०९ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै भैरहवा दोस्रो चरणमा पुग्ने दोस्रो टोली बनेको हो। यसअघि नै पारस खड्काको कप्तानीमा रहेको टोली विराटनगर वारियर्स लिग चरणको पाँच वटै खेल जितेर शीर्ष स्थानमा रहदै क्वालिफायर्समा पुगिसकेको छ।
४ खेलबाट ६ अंक जोडेको भैरहवा दोस्रो स्थानमा छ। समान खेलबाट २ जित र २ हारको नतिजापछि ४ अंक रहेको पोखरा तेस्रो स्थानमा छ।
कीर्तिपुरस्थित टीयू मैदान टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पोखरा १८.३ ओभरमा १०८ रनमै अलआउट भएको थियो। पोखराका लागि ओपनर इस्राउल्लाहले सर्वाधिक ४१ रन बनाए। यस्तै सुनिल धमालाले १५ तथा आसिफ अलीले १० रन जोड्दा बाकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। तिन खेलाडी शुन्यमा आउट भए।
पोखरालाई अलआउट गर्न भैरहवाका दिपेश श्रेष्ठ, शरद भेषावकर र कृष्ण कार्कीले २-२ विकेट लिए भने प्रथम सालुन्के, हरीशंकर शाह, आरिफ शेख र पुनित मेहराले समान १ विकेट लिए।
१०९ रनको लक्ष्य भैरहवाले ३ विकेट गुमाएर पूरा पूरा गर्यो। भैरहवाको तेस्रो जितमा आरिफ शेखले नटबउट ४८ रन बनाए। यस्तै कप्तान शरद भेषावर ३२ रनमा नटआउट रहे। आरिफले ४७ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै प्रथम सालुन्केले २५ रनको योगदान गरे।
बलिङमा पोखराका ताज वालीले २ तथा कप्तान शक्ति गौचनले १ विकेट लिए।
अब मंगलबार लिग चरणको अन्तिम २ खेल हुँदैछ। भैरहवाले चितवन तथा पोखराले ललितपुरसँग खेल्नेछ।
विनोद र राजेश पुलामी मगरको विकेट जानु नै टर्निङ प्वाइन्ट भएको शरदले प्रतिक्रिया दिए। 'लगातार विकेट गएपछि उनीहरु प्रेसरमा परे र खुलेर खेल्न पाएनन्। जसले गर्दा हामीलाई विकेट आइराथ्यो भने उनीहरुले राम्रो सुरुवात गरेर पनि खेलमा फर्किन सकेन।'
शरदले अबको लक्ष्य फाइनल पुग्ने नै रहेको बताए। 'अब बाँकी खेल जितेर फाइनल पुग्ने नै हो। राम्रो खेलिरहेका छौँ। हामीले एउटा गेम हारेका छौँ। गेममा यस्तो हुन्छ। भोली चितवनसँग म्याच टप टू मा पर्न महत्वपूर्ण छ।'
यसअघि भैरहवाका लागि भारतीय खेलाडी पुनित विष्टले राम्रो प्रदर्शन गरिरहेका थिए। तर सोमबार उनी टिममा थिएनन्। पुनितको अभाव आजको म्याच नदेखिएपनि आगामी गेममा फरक पर्ने शरदले बताए। 'आज पुनितपको अभाव भएन। तर त्यस लेभलको प्लेअर नहुँदा फरक त पर्छ नै। क्याम्पको लागि कल आएपछि पुनित भारत फर्किएका हुन्। आशा छ हामी अर्को प्लेअर ल्याउनेछौँ।'
यता दोस्रो हापछि पोखराका कप्तान शक्ति गौचनले मिडर अर्डरले रेसपोन्सिल भएर खेल्न नसकेको र टार्गेट कम भएकाले हार्नुपरेको स्वLकारे। 'कम्तीमा पनि विपक्षीलाई प्रेसरमा राख्न १२० स्कोर चाहिन्थ्यो। हाम्रो स्टार एकदमै राम्रो थियो। ८ ओभरमा ५० रन कटाएङ्का थियौँ। मिडल अर्डरले जुन रेस्पोन्सबिलटी लिएर खेल्नुपर्ने थियो त्यो गर्न सकेन। उनीहरुले रेस्पोन्सिवल लिएर खेलेको भए यो विकेटमा १४० सजिलै बन्थ्यो।'
शक्तिले विनोद भण्डारीको महत्वपूर्ण खेलाडी रहेको र कुनै दिन अवश्य चल्ने बताए। 'भण्डारी टप लेभलको प्लेअर हो। उसले खेल्नुपर्ने हो। कोसिस गरिराछ भइरहेको छैन। वेट गर्यौँ। वेट एण्ड सि भनिन्छ त्यो दिन आउला जुन दिन हामी विनोदको इनिङ्ले खेल जित्नेछौँ।' विनोद भण्डारी भैरहवा विरुद्ध गोल्डेन डकआउट भएका थिए।