काठमाडौं : कीर्तिपुरस्थित टीयू मैदानमा सोमबार एभरेष्ट प्रिमियर लिग चलिरहँदा फिल्मी क्षेत्रमा एक स्टारले मैदानको चक्कर लगाइन्। दर्शकलाई हात हल्लाएर अभिभादन गरिन्। त्यसअघि केही समय खेल पनि हेरिन्। उनी थिइन् बलिउट तथा कलिउडमा स्थापित नाम मनिषा कोइराला।
मैदानको खेल हेरिरहेका दर्शक पनि मनिषालाई देखेपछि खेलबाट नजर हटाएर मनिषा हेर्न उत्सुक देखिन्थे। केहीले उनीसँग सेल्फी समेत खिचे। केहीले टाढैबाट फोटो खिचे।
खेल सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मनिषाले आमिर आफ्नो फेमिली फ्रेण्ड भएका कारण उनैको आग्रहमा खेल हेर्न आएको बताइन्। उहाँले पहिले देखिनै क्रिकेटको कुरा गरिरहनुन्थ्यो त्यही हेर्न आएको। यहाँको वातारवरण राम्रो लाग्यो। यो एकदमै अर्गनाइज्ड प्रतियोगिता भएको देखेँ। एकदमै खुशी लागिरहेको छ यहाँ आएर क्रिकेट हेर्न पाउँदा।
अनी तपाईले क्रिकेट कहाँ सिक्नुभयो भन्ने प्रश्नमा मनिषाले भनिन् 'मलाई क्रिकेट खेल्न आउँदैन।'