PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पाकिस्तानमा मृत्युदण्डको  सजाय सुनाइएका कुलभूषण जाधवसँग परिवारको भेट



पहिलोपोस्ट

पाकिस्तानमा मृत्युदण्डको  सजाय सुनाइएका कुलभूषण जाधवसँग परिवारको भेट
फोटो श्रोतः timesnownews.com

इश्लामावाद :  पाकिस्तानमा पक्राउपछि मृत्युदण्डको सजाय सुनाइएका भारतीय नौसेनाका अधिकारी कुलभूषण जाधवलाई  सोमबार आफ्नी आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको छ।  

पाकिस्तानविरुद्ध जासूसी गरेको आरोपमा सन् २०१६ मा पक्राउ गरिएपनि उनलाई भारतको आग्रहमा मृत्युदण्ड नदिई काराबासमा राखिएको छ। 

मानवीय भावनालाई ध्यानमा राखेर कैदीलाई उनका आमा र श्रीमतीसँग सम्वाद गर्ने मौका दिइएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ। 

उनीहरुलाई सिसाबाट देखिने र माइक्रोफोनबाट सुनिनेगरी बोल्ने र भेट्ने व्यवस्था मन्त्रालयले गरेको थियो। भेट्न र बोल्न आएका महिलाहरु भेट्नु र बोल्नु अघि र पछि निकै चिन्तित र तनावमा देखिएको अधिकारीहरुले बताएका छन्। 

भेट्न र बोल्न आएका आमा र श्रीमती उनलाई भेटेपछि भारत फर्किएका छन्। बेलायतबाट स्वतन्त्र भएपछि भारत र पाकिस्तानकाबीच लामो समयदेखि दुईदेशीय तीन वटा युद्ध भएका छन्। 

आणविक हतियार भएका दुवै देशले हिमाली क्षेत्र कश्मीरलाई आफ्नो देशको भूभाग भएको दावी गर्दै आइरहेका छन्। रासस/एपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell