PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

नेपालमा नयाँ जनवादी क्रान्ति आवश्यक छ : मोहन वैद्य



पहिलोपोस्ट

नेपालमा नयाँ जनवादी क्रान्ति आवश्यक छ : मोहन वैद्य

काठमाडौँ :  नेकपा माओवादी (क्रान्तिकारी) का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक पथप्रदर्शनमा नेपालमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु आजको कार्यभार भएको बताएका छन्। 

चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङको १२५औँ जन्म दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै वैद्यले क्रान्तिलाई अगाडि बढाउनका लागि माओले देखाएको बाटोमा दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सिंगो विश्वका साथै नेपालमा पनि क्रान्तिका लागि साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादद्वारा भीषण अवरोध तथा चुनौती तेस्र्याइएका छन्। यस प्रकारको कार्यभार वहन गर्नका लागि माओ दिवसले हामीलाई विशेष ऊर्जा र उत्प्रेरणा प्रदान गर्दछ।’

माओले चीनमा मात्र होइन विश्वक्रान्तिकै निम्ति सैद्धान्तिक हतियार प्रदान गरेको उल्लेख गर्दै वैद्यले उनको ऐतिहासिक योगदान सबैका लागि अविस्मरणीय रहेको उल्लेख गरेका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell