PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

'भारत सन् २०१८ सम्म विश्वकै पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने'



पहिलोपोस्ट

'भारत सन् २०१८ सम्म विश्वकै पाँचौं ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने'

नयाँ दिल्ली: भारतले बेलायत र फ्रान्सलाई पछि पार्दै सन् २०१८ विश्वकै पाँचौं ठूलो अर्थतन्त्र बन्ने मङ्गलबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ।

भारत अहिलेसम्म विश्वको सातौँ ठूलो अर्थतन्त्र रहेको भए पनि सन् २०१८ मा दुई स्थान माथि चढ्दै पाँचौँ स्थानमा पुग्न देखिएको लण्डनस्थित आर्थिक तथा व्यवसायिक अनुसन्धान केन्द्र (सेन्ट्रल फर इकोनोमिक्स एण्ड विजिनेस रिसर्च) द्वारा जारी वार्षिक प्रतिवेदनमा जनाइएको छ।

त्यसै गरी भारतले सन् २०३२ मा आफ्नो अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पुर्‍याउने लक्ष्य लिएको पनि प्रतिवेदनमा उल्लेख छ।

भारतको नेतृत्वमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएपछिका तीन वर्षमा भारतको अर्थतन्त्रले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन वर्षकै निम्न आर्थिक उपलव्धि हासिल गरेको छ। प्रधानमन्त्री मोदीले करको प्रणालीमा व्यापक परिवर्तन गर्न भनी भारतीय ठूला दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि कमी आएको थियो।

आर्थिक विकास दरमा निर्णयपछि तीन महिना ५.७ प्रतिशतमा खुम्चिएकोमा यसमा सामान्य सुधार आई सेप्टेम्बरमा ६.३ प्रतिशत पुगेको थियो।

अर्थतन्त्रमा आर्थिक वर्षको सुरुमा अस्थायी गिरावट देखिए पनि भारतको अर्थतन्त्रले फ्रान्स र बेलायतको अर्थतन्त्रलाई यसै वर्ष भेट्न सफल भएको र अर्को वर्ष दुबै देशलाई उछिन्दै डलरको हिसाबमा विश्वको पाँचौ अर्थतन्त्रका रूपमा उदय हुने अनुसन्धान केन्द्रका उपाध्यक्ष डगलास म्याक विलियम्सले बताए।

सस्तो उर्जा र डिजिटल प्रणालीमा ल्याएको परिवर्तनले विश्व आर्थिक विकासलाई माथि उठाएको उनको दाबी छ। विश्व अर्थतन्त्रमा चीन, भारत, जापान लगायतको एसियाली मुलुकको आर्थिक विकास छिट्टै हाबी हुन लागेको केन्द्रको निष्कर्ष रहेको छ।

अहिलेसम्म विश्व अर्थतन्त्रमा संयुक्त राज्य अमेरिका सबैभन्दा अगाडि रहे पनि यसलाई चीनले सन् २०३० सम्ममा उछिन्ने रिपोर्टले पूर्वानुमान गरेको छ। उक्त स्थानमा भारत पनि यस शताब्दीको दोस्रो भागको सुरुमा केही समय पुग्ने अनुमान रहेको छ। रासस/एएफ्पी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell