काठमाडौः यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।
विदेशी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)लाई नविकरण गर्न उनीहरुले सेवाग्रहीबाट ठूलो रकम घुस लिएको खुलेको छ। त्यस्तै आयोगको टोलीले भुमिसुधार कार्यालय भक्तपुरका नायब सुव्वा राजु गौतमलाई ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।