इंगलिस क्लब चेल्सी, र म्यानचेष्टर सिटी तथा इटालियन क्लब एसी मिलानका पूर्व स्ट्राइकर जर्ज वेह अफ्रिकन राष्ट्र लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन्। ५१ वर्षिय वेहले सन् १९९५ मा बालोन डेओर अवार्ड जितेका थिए र उनी यस्तो उपलब्धी हात पार्ने युरोप बाहिरकै पहिलो खेलाडी बने।
फुटबल करियरलाई २००३ मा विश्राम दिदै राजनीतिमा प्रवेश गरेका वेह त्यसपछि लाइबेरियाको संसद सदस्य बने।
लाइबेरियाको राष्ट्रिय निर्वाचन आयोगले बिहीबारै वेह राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो। ९८.१ प्रतिशत मत गणना भएकोमा वेहले ६१.५ प्रतिशत मत पाएका छन्।
यसअघि फुटबलमा गोल गर्न माहिर वेहले अब एलेन जोनसन सर्लिफको ठाउँ लिनेछन्, जो अफ्रिकाकै पहिलो निर्वाचन महिला राष्ट्रपति हुन्। उनी वेहलाई नै पराजित गरेर २००५ मा राष्ट्रपति बनेकी थिइन्
अन्तर्राष्६रिय रुपमा लाइनबेरियालाई विश्वकपसम्म पूर्याउन नसकेपनि उनले दुई पटक अप्रिकन कप अफ नेशन्स खेले। २००२ मा उनले मालि विरुद्ध गोल समेत गरेका थिए।
सन् १९९८ मा फ्रान्सले क्लब मोनाकोबाट युरोपमा व्यावसायीक फुटबल करियर सुरु गरेका वेहले पत्यसपछि पिएसजीबा६ खेलेका थिए। उनले करियरको अन्त्य पिन फ्रान्सेली क्लब मार्सेबाटै गरे।
३ पटक अप्रिकन प्लेअर अफ दि इअर भएका वेहले एसी मिलानबाट २ पटक सिरी ए कव उपाधि जितेका थिए।
वेहले युरोप जानुअघि लाइबेरियाकै माइटी बारोले र इनभिन्सिबल एलेभेन बाट खेल्दै लाइबेरियन प्रिमियर लिग र लाइबेरियन कपकव उपाधि समेत जितेका थिए।