PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

गच्छदार विरुद्ध भगवती चौधरीको मुद्दामा सर्वोच्चले मगायो मतपत्र



पहिलोपोस्ट

गच्छदार विरुद्ध भगवती चौधरीको मुद्दामा सर्वोच्चले मगायो मतपत्र

काठमाडौं : नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार विरुद्ध सर्वोच्च अदालतमा हालेको उजुरीमा सर्वोच्व अदालत गनिएका मतपत्र मगाएको छ। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गर्दै गत बुधवार अदालतमा निवेदन हालेकी थिइन्।

सर्वोच्चको संवैधानिक इजलासमा दर्ता भएको निवेदनमा चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गरेकी छिन्। 

 क्षेत्र नम्वर ३मा गच्छदार ३८ हजार ९७२ मतसहित विजयी भएका थिए । चौधरीले ३८ हजार ६५१ मत ल्याएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell