PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

राष्ट्रिय भलिबल : आर्मी र एपीएफ च्याम्पियन



पहिलोपोस्ट

राष्ट्रिय भलिबल : आर्मी र एपीएफ च्याम्पियन

पोखरा : नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले राखेप च्याम्पियनसिप अन्तर्गत २१औं महिला तथा ३१औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेकमा छन्।

एपीएफले २१औं महिला तथा आर्मीले ३१औँ पुरुष राष्ट्रिय भलिवल प्रतियोगितामा च्याम्पियन बनेका हुन्।

पोखरा रंगशालामा शनिवार भएको महिला फाइनलमा एपीएफले मध्यमाञ्चललाई ३-० कोसोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। उपाधि सहित एपीएफले नगद ५० हजार रुपैयाँ, ट्रफी जित्दा मध्यमाञ्चलले ३० हजारमा चित्त बुझाएको छ।

फाइनल खेलमा एपिएफले रमिला तण्डुकार, प्रतिभा मालीसहितका न्यू डायमण्ड एकेडेमीका खेलाडीहरुको टिम सेट रहेको मध्यमाञ्चललाई २५–१८, २५–१४, २५–१० को सेटमा पराजित गरेका छ। रमिला र प्रतिभाले पोखरामा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। करीब डेढ वर्षको अमेरिकी बसाईपछि नेपाल फर्केकी रमिला खेलमा जम्न सकिनन् भने प्रतिभा माली पनि विरामी भएकाले खेल कौशल प्रदर्शन गर्न सकेन्।

शनिबारै भएको पुरुषतर्फको विभागीय डर्बी भिडन्तमा नेपाल आर्मीले एपीएफलांई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। आर्मीले एपीएफलाई २५–१२, २५–२३, २५–१५ को सेटमा हरायो। उपाधिसहित आर्मीले नगद ५० हजार रुपैयाँ ट्रफी जित्दा उपविजेता एपिएफले ३० हजार रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस र पुरुषतर्फ आयोजक पश्चिमाञ्चल तेश्रो भएका छन्। शनिबार बिहानै भएको खेलमा महिलातर्फ नेपाल पुलिसले  पश्चिमाञ्चललाई सोझो सेटमा पराजित गर्दा पुरुषतर्फको खेलमा आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई प्रतिस्पर्धातमक खेलमा ३-२ ले हराएको हो।

महिलातर्फ पुलिसले पश्चिमाञ्चलाई २५–१५, २५–२१, २५–२१ को सेटमा पराजित गर्‍यो। पुरुषतर्फ आयोजक पश्चिमाञ्चलले नेपाल पपुलिसमाथि २५–२२, २०–२५, २१–२५, २५–१६, १८–१६ को संघर्षपूर्ण जित हात पार्‍यो।

तेश्रो स्थान प्राप्त गरेका पश्चिमाञ्चल र पुलिसले नगद २० हजार रुपैयाँ प्राप्त गरे। यसैवीच पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पश्चिमाञ्चलको टिमलाई नगद ५० हजार रुपैयाँ हौसला स्वरुप प्रदान गरेको छ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका मानबहादुर श्रेष्ठ र महिलातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भए। दुवैले नगद १५ हजार रुपैयाँ पुरस्कार हात पारे। 

विजेता टिम र खेलाडीलाई युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी लगायतले पुरस्कार विरतण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell