PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

सशस्त्र प्रहरी मुख्यालय आगलागी प्रकरणः थप एक सई पक्राउ



सविन ढकाल

सशस्त्र प्रहरी मुख्यालय आगलागी प्रकरणः थप एक सई पक्राउ

काठमाडौं : सशस्त्र प्रहरी बलको मुख्यालयको लेखा शाखाको आगलागीमा संलग्न रहेको भन्दै प्रहरीले थप एक सशस्त्र प्रहरीलाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले सइ हुमबहादुर थापालाई पक्राउ गरेको हो। 

प्रहरीले केही दिन अघि मात्र सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसन्धानमा श्रेष्ठले अख्तियारको अनुसन्धानमा रहेका कागजपत्र नष्ट गराउन आगलागी गरेको खुलेको थियो।

गत सोमबार राति एक बजे  मुख्यालयको लेखा शाखामा आगलागी भएको थियो। पक्राउ परेका थापा मुख्यालयको लेखा कार्यालयमा काम गर्ने र संलग्नता देखिएकाले पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले जानकारी दिए।उनले भने,‘ घटनामा संलग्नता देखिएर अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं।’

गृह मन्त्रालयका सहसचिव कृष्ण राउतको नेतृत्वमासमेत आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ। आगलागीका कारण अख्तियारको छानबिनका क्रममा रहेका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell