PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

माओवादीले बनायो पार्टी एकताका लागि बादलको नेतृत्वमा ९ सदस्यीय समिति



पहिलोपोस्ट

माओवादीले बनायो पार्टी एकताका लागि बादलको नेतृत्वमा ९ सदस्यीय समिति

काठमाडौं :  नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकताका लागि पार्टीको रणनीति तय गर्न ९ सदस्यीय समिति गठन गरेको छ। 

मंगलबार ललितपुरको खुमल्टारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताबारे थप छलफल गर्न रामबहादुर थापा ‘बादल’को नेतृत्वमा समिति गठन गरेको हो। 

बैठकमा अध्यक्ष प्रचण्डले समसमायिक राजनीतिक विषयमा जानकारी गराएका थिए। माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘राष्ट्रिय सभाको निर्वाचन, प्रदेश प्रमुखहरुको नियुक्ति, समानुपातिक प्रतिनिधि पठाउनेबारे अध्यक्ष ज्यूले बैठकमा रिर्पोटिङ गर्नुभयो।’ 

यस्तै, बैठकले निर्वाचनमा भएको अन्तरघातबारे छानबिन गर्न अमिक शेरचनको नेतृत्वमा पाँच सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell