PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्त माघ २५ मा राष्ट्रसभा निर्वाचन गर्न सहमत



पहिलोपोस्ट

प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्त  माघ २५ मा राष्ट्रसभा निर्वाचन गर्न सहमत

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन गर्न माघ २५ गतेका लागि गरेको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाएका छन्।

आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र प्रधानमन्त्री देउवाबीच भएको भेटमा निर्वाचन मितिमा सहमति भएको हो।

यो सहमतिलाई बिहीवार बस्ने मन्त्रिपरिषद्को बैठकबाट पारित गराउने सरकारको तयारी छ।  

यसअघि निर्वाचनबारे छलफल गर्न आयोगका आयुक्तहरुसँग आइतबार भेट गरेका थिए।

नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु सोमबार निर्वाचन आयोग पुगी राष्ट्रिय सभाको निर्वाचन छिटो तोक्न माग गरेका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार राष्ट्रिय सभा निर्वाचन सम्बन्धी विधेयक पारित गरेसँगै राष्ट्रिय सभा निर्वाचनको बाटो खुलेको थियो।

आजैमात्र पनि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि यसै विषयमा छलफल भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell